काठमाडाैं । बजाज थ्री ह्विलर्सको आधिकारिक वितरक हंसराज हुलासचन्द एन्ड कम्पनीले ‘बजाज आरईसँग खुसीयाली’ नामक क्याम्पेन सार्वजनिक गरेको छ ।
कम्पनीले दसैं, तिहार र छठको विशेष योजनाको रुपमा सो क्याम्पेन ल्याएको बताएको छ ।
सो योजनाको ट्यागलाइन ‘आरईले दिन्छ टीभी उपहार, मनाउदै खुसी स-परिवार’ रहेको छ ।
यसले बजाज आरईका ग्राहकहरुले निःशुल्क रुपमा हिमस्टारको ३२ इन्च टेलिभिजन प्राप्त गर्ने छन् र परिवारसँग मिलेर खुसीका साथ पर्व मनाउनेछन् भन्ने सन्देश दिएको छ ।
क्याम्पेन सार्वजनिक गरिएको अवसरमा हंसराज हुलासचन्द एन्ड कम्पनीका निर्देशक अभिमन्यु गोल्छाले नेपालीहरुको आउँदै गरेका ठूला चाडपर्वले उत्साह, उमंग ल्याउने र त्यसमा ३२ इन्चको टीभी निःशुल्क रुपमा पाउदा परिवारमा समेत पर्वको उत्साह छाउने विश्वास लिएको बताएका छन् ।

