काठमाडौं । नेपालको लागि हुन्डाई कारका आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले नेपालीहरुको महान चाड दशै तिहार र छठलाई लक्षितगर्दै फेस्टिभ डिलार्इट अफर ल्याएको छ । हुन्डाईले ल्याएको यो अफर अाजबाट सुरूभर्इ नोभेम्बर १३ सम्म संचालन हुनेछ ।
हुन्डाईले अाफ्ना सम्पूर्ण मोडलको कारकाे खरिदमा याे स्किम लागू गरेकाे छ । कम्पनीले पहिलो स्किम स्वरुप आकर्षक क्यास डिस्काउन्टका साथै १ वर्षकाे इन्स्योरेन्स फ्रि गर्ने जनाएको छ। साथै, स्क्राच कार्ड मार्फत १ लाख सम्मको छुट र १०० जना भाग्यशाली ग्राहकलाइ १० ग्राम सुन प्रदान गर्ने छ ।
सबैभन्दा ठूलो आकर्षण बम्पर पुरस्कार अन्तरर्गत हुन्डाईले एकएकवटा क्रेटा र आइ-२० याक्टिभ कार प्रदान गर्ने जनाएको छ । हुन्डाइका सबै मोडलका कारहरूमा ३ वर्षको वारेन्टका रहेकाे जनाएकाे छ । साथै ४ वर्ष सम्मकाे सर्भिसिङ तथा चालु आर्थिक वर्षभरिकाे रोड ट्याक्स र स्वामित्व हस्तान्तरण शुल्क पनि निशुल्क गर्ने जनाएकाे छ ।

