भारतबाट उत्पादन गर्ने लक्ष्य बनाउँदै चिनीयाँ कार ‘चेरी’

चिनीयाँ अटो निर्माता कम्पनी चेरी अटोमोबाइल्सले भारतीय अटो बजारमा प्रवेश गर्ने योजना बनाएको छ । अन्तर्राष्ट्रिय अटो बजारमा चौथो स्थान पकड्न सफल जर्मनीका अटो उत्पादक कम्पनीले आगामी एक दशकभित्र तेस्रो स्थानमा रहेको जापानलाई हराउने योजना बनाएको छ । त्यसका लागि  संसारभरका नयाँ कार निर्माता कम्पनीहरू भारतीय बजारमा व्यापार विस्तार गर्न इच्छुक देखिन्छन् ।

साथै, कोरियाली कम्पनी हुन्डाईको सहायक कम्पनी किया र चिनियाँ एसएआईसीको एमजी मोटरले अगामी वर्षबाट आफ्नो उत्पादनलाई भारतबाटै उत्पादन गर्ने योजना बनाएका छन् । साथै, सन् १९९० प्यूजोको विस्तार भएसँगै पीएसए ग्रुपले समेत आफ्नो भारतबाटै भाग्य फेर्ने लक्ष्य लिएको छ । अन्य कम्पनीले जस्तै प्रतिस्पर्धी बन्दै गरेको भारतीय बजारमा प्रवेश गर्ने योजना चेरीले बनाएको हो ।

चिनीयाँ सरकारले दुईदशकअघि चेरी अटोमोबाइल्सको स्थापना गरेको थियो । सरकारले युरोपियन मुलुक तथा भारतीय बजारमा व्यापार विस्तार गर्ने योजनासहित अटोमोबाइल्सको निर्माण गरेको थियो । चेरीले प्यासेञ्जर भेहिकलमात्रै नभई मिनीभ्यान, एसयूभी र कमर्सियल भेहिकल निर्माण गर्ने गर्छ । पछिल्लो समय चिनीयाँ कम्पनीहरू भारतीय बजारमा व्यापार विस्तार गरिरहेका छन । चेरी, चिनीयाँ बजारको सबैभन्दा ठूलो निर्यात कम्पनीको रुपमा चिनिन्छ ।

हाल, चेरी ५०ः५० जेभीकासाथै केनोन होल्डिङ, क्पूओरसलगायतका प्रिमियम भेहिकलको विस्तारमा लागि परेको छ । सन् २०१२ मा चेरीले टाटा कम्पनीसँग जेएलआरको उत्पादनको लागि ५०ः५० को सहकार्य गरेको थियो । चेरी ज्यागूअर ल्यान्डरोभर कम्पनीले चीनमा ज्यागूअर र ल्यान्डरोभर भेहिकल बिक्री–वितरण गर्ने गर्छ । चेरीसँग विभिन्न भेहिकल एसेम्बल तथा उत्पादक कम्पनी रहेका छन् । युरोपियन बजारमा प्रवेश गर्ने योजना बनाएको चेरीले गतवर्ष टीएक्स एसयूभी सार्वजनिक गरेको थियो । हाल, हुयूको हेडक्वाटरबाट चेरीले भारतीय ब्रान्डसँग सहकार्य गर्न सक्ने अनुमान लगाइएको छ ।


Back_to_top