सहचालकले चलाएको स्कुल भ्यान बुलेट बाइकमाथी चढेपछि… (भिडियो सहित)

काठकाडौं । कागेश्वरी मनोहरा नगरपालीका डाँछीका चिरन श्रेष्ठलाई आजको दिन अविस्मरणीय रह्यो । उनि बिहान ९ः३० बजे आफ्नो कामको शिलसिलामा बाहिर निस्केका थिए । वर्षातसँगै चावहिल-जोरपाटी-साँखुको सडकमा पैदलयात्रुसमेत हिड्न नसक्ने अवस्था भएको छ ।

उनि विस्तारै आफ्नो रोयल इन्फिल्डको क्लासिक ३५० लिएर थलीको बस पार्क अगाडि पूगेका थिए । सोही समयमा उनको फोनको रिङ्ग बज्यो । उनले थली प्रहरी चौकी अगाडि बाईक पार्क गरेर र फोन उठाए ।

फोनमा कुरागर्दै उनि बाइकबाट अल्लिपर पुगे, कुरागर्दै उनि प्रहरी चौकीको पेटीमा पुगे । हिलोले छल्न ओभानो ठाँउ खोज्दै गएका उनको पार्क गरेर राखेको बाइकलाई अपोजिट साइटबाट आएको सेतो रंगको माइक्रो बसले बेस्सरी थक्का दियो ।

दुर्घटना यति भयावह थियो की उनको पार्क गरेको मोटरसाईकल माथी माइक्रोबस चढेर घिसारेर सडक पेटीमा नै माइक्रो उक्लीयो । 

‘आज कुन भाग्यले मलाई बचायो । सधै बाइक साइड लगाएर त्यही माथी बसेर कुरा गर्ने गरेको थिएँ, आज कुरागर्दै अगाडि बढेछु, नत्र म अहिले भ्यान मुनी हुने रहेछु ।’ श्रेष्ठले मेरोअटोसँग भने ।

ट्राफिक प्रहरीकाअनुशार शो गाडी विद्यासंस्कार विद्यालयको रहेको र सहचालकले गाडी चलाएको प्रारम्भिक अनुशन्धानबाट खुलेको छ । गाडीका चालक र सहचालकलाई प्रहरी नियन्त्रणमा लिएको छ ।


Back_to_top