बहुप्रतिक्षित बाइक रोयल एनफिल्ड पेगासस ५०० एक ग्राहकले फोहोरमा फालेका छन् । कम्पनीले आफुलाइ ठगेको भन्दै उनले ब्रान्ड न्यू बाइक फोहोरमा फालेका हुन् ।
कम्पनीले लिमिटेड एडिसन भन्दै ग्राहकलार्र्इ सस्तोमा नयाँ सिग्नल एडिशन उत्पादन गरेर बेचेको आरोपसमेत लगाएका छन् । कम्पनीले पेगासस ५०० भारतीय बजारमा २५० यूनिट बेचेको थियो । यसको केहि समय पछि कम्पनीले रोयल एनफिल्ड क्लासकि सिग्नल ३५० एडिशन सार्वजनिक गरेको हो । जुन पेगासस ५०० कै सिमिलर रहेको छ र पेगासस लिमिटेड एडिसन भन्दा सस्तो रहेको कारण ग्राहक कम्पनीसँग रुष्ट भएका हुन् ।
उनले कम्पनीलार्इ आफ्नो बाइक नगरपालीकालार्इ दान गर्नेसमेत धम्की दिएका थिए । पेगासस ५०० बाइकको मालीक धिरज जर्वाले बाइक फोहोरको थुप्रोमा फालेर फोटो समाजीक सन्जालमा पोस्ट गर्दै लेखेका छन् ‘जब कम्पनीले सिग्नल एडिशन ल्यायो तब यो बाइक रद्धीको टोकरी जस्तै भयो ।’
पेगासस ५०० का मालकिले कम्पनीले लिमिटेड एडिसन बाइकमा सामान्य परिर्वतन मात्रै गरी ग्राहकसँग महगों शुल्क असुल गरेको बताएका छन् ।
कम्पनीले यो घटना पश्चात बिज्ञप्ती जारी गर्दै भनेको छ, हाम्रा हरेक ग्राहकहरुको चाहाना पुरा गर्नका लागी सबै प्रकारका बाइकहरु बनाउँदै आएको र यसै कारण सिग्नल अडिशन जारी गरेको छौ । सिग्नल अडिशन र पेगासस उस्तै भएता पनि पेगासस धेरै पावरफुल बाइक रहेको बताएकाे छ ।


