बेनेलीको रेट्रो स्कुटर नेपाल आउँदै, यस्तो मूल्य र फिचर

काठमाडौं । बेनेलीको रेट्रो डिजाइन स्कुटर नेपाल आउने भएको छ । कम्पनीले बेनेली प्यानरिया १२५ स्कुटर नेपालमा सार्वजनिक गर्ने तयारी गरेको हो ।

हालसम्म नेपालमा बेनेलीले कुनै पनि स्कुटर सार्वजनिक गरेको छैन् । बेनेली मोटरसाइकलको नेपालको लागि आधिकारिक विक्रेता केटीएम इन्टरनेशनल ट्रेडिङले आफ्नो अफिसियल फेसबुक पेजमार्फत नयाँ स्कुटर नेपाल ल्याउने बताएको हो ।

कम्पनी स्रोतका अनुसार यसको बुकिङसमेत खुल्ला भइसकेको छ । बेनेलीको आधिकारिक सोरुममार्फत ग्राहकले बेनेली प्यानरिया १२५ बुकिङ गर्न सक्ने जनाएको छ । यसको मूल्य ३ लाख ३५ हजार निर्धारण गरिएकोसमेत कम्पनी स्रोतले मेरोअटोलाई बताएको छ ।

प्यानरियामा १२४ सीसी सिगंल सिलिन्डर, फोर स्ट्रोक, टू भल्भ, एफआई इन्जिन रहेको छ । यसले ६००० आरपीएममा ८.५ हर्स पावर तथा ७५०० आरपीएममा ९.२ एनएम टर्क जेनेरेट गर्छ । यो स्कुटरको फ्रन्टमा टेलीस्कोपीक सस्पेन्सन र रियरमा स्वीङ आर्म सस्पेन्सन दिइएको छ ।

बेनेली प्यानरिया स्कुटर ब्लु, ब्ल्याक, यल्लो र ह्वाइट गरि चार कलर भेरियन्टमा उपलब्ध हुने कम्पनीले जनाएको छ । मूल्यका आधारमा यो स्कुटरले इटालीयक अर्को ब्रान्ड भेष्पासँग प्रतिस्पर्धा गर्नेछ ।


Back_to_top