काठमाडौं । हार्लेको नयाँ मोटरसाइकल सार्वजनिक भएको छ । भारतमा भएको ‘इन्डियन बाइक वीक’मा हिरो मोटोकर्पले हार्ले डेभिड्सनको नयाँ मोटरसाइकल सार्वजनिक गरेको हो ।
हिरो मोटोकर्प हार्ले डेभिड्सनको भारतको लागि अधिकृत डिलर रहेको छ । हिरो मोटोकर्प र हार्ले डेभिड्सनबीच भएको सम्झौता अनुसार भारत लगायतका बजारका लागि हार्लेका मोटरसाइकल उत्पादन विक्री तथा सर्भिसको काम हिरो मोटोकर्पले गर्नेछ ।
त्यसै अनुरुप कम्पनीले हार्ले स्पोर्टस्टर एस सार्वजनिक गरेको हो । कम्पनीले सार्वजनिक गरेको १२५० सीसी इन्जिन युक्त मोटरसाइकलको मूल्य १५ लाख ५१ हजार भारतीय रुपैयाँ (एक्स सोरुम) रहेको छ ।
आधुकिन डिजाइनका साथ अत्याधिक पावर फर्ममेन्स भएको स्पोर्टस्टरले राइडरको अनुभवलाई उच्च स्थानमा पुर्याउने कम्पनीले दावी गरेको छ ।
हार्ले डेभिड्सन स्पोर्टस्टर एसमा १२५० सीसी भी–ट्वीन रिभोलुसन म्याक्स इन्जिन दिइएको छ । यसले १२१ हर्सपावर जेनेरेट गर्छ ।
यो इन्जिन कम आरपीएममा उच्च टर्क दिनको लागि टर्क ट्यून गरिएको छ । यसको डिजाइनबाट नै यसको पावरको अनुमान गर्न सकिन्छ ।
यसको फ्युल ट्याङ्क तथा रियर पार्ट प्रमुख केन्द्रविन्दु रहेको छ भने यसको ठुलो साइजको फ्रन्ट टायरले यसलाई बब्बर लुक दिएको छ । यसको रियर पार्ट, हाइ माउन्ट एक्जष्ट, स्लीम तथा सिंगल सिटले हार्लेको एक्सआर७५० फ्ल्याट ट्रेकरबाट प्रेरित रहेको देखिन्छ ।

