काठमाडौं । जगदम्बा मोटर्सले नेपाल ल्याएको पछिल्लो मोटरसाइकल रेडरले अपेक्षा गरेभन्दा राम्रो व्यापार गरिरहेको छ । १२५ सीसी सेग्मेन्टमा आएको फिचर लोडेड मोटरसाइकल भएकै कारण धेरै ग्राहकको रोजाइमा पर्न सफल भएको हो ।
विशेषत युवा लक्षित डिजाइन र कम मूल्यको कारण रेडर प्रति युवा आकर्षण बढ्दै गएको देखिन्छ । कम्पनीले सुरुवाती लटमा ल्याएको सबै मोटरसाइकल विक्री भइसकेको छ ।
बढ्दो इन्धनको मूल्यमा कम सीसीको मोटरसाइकल खोज्ने युवा ग्राहकलाई यसले आकर्षित गरिरहेको सहजै अनुमान लगाउन सकिन्छ । त्यसैले नेपाल आएको छोटो समयमा नै दोस्रो लट मोटरसाइकल नेपाल आइसकेको छ ।
‘कम सीसीमा ट्रेन्डी डिजाइन खोज्ने युवाहरुले रेडर मनपराएका छन्, बजारमा निकै राम्रो माग रहँदै आएको रेडर पावर र पर्फमेन्समा अब्बल हुँदा सफल हुँदै गएको छ’, जगदम्बा मोटर्सका मार्केटिङ हेड विक्रम पौडेलले भने ।
यो मोटरसाइकल धेरै युवाको रोजाईमा पर्नुको मुख्य कारण नै यसमा रहेका फिचर हुन् । टीभीएसले रेडर १२५ मा गियर इन्डिकेटर दिएको छ । प्रिमियम मोटरसाइकलमा हुने फिचर गियर इन्डिकेटर यसमा रहेको छ । कम्पनीले यसमा ५ स्पीड क्षमताको गियरबक्स दिएको छ ।
रेडर १२५ मोटरसाइकलमा इलेक्ट्रीक स्टार्ट अप्सन मात्र दिइएको छ । कम्पनीले यो मोटरसाइकलमा किक स्टार्ट अप्सन दिएको छैन । यसले मोटरसाइकलको कुल तौल कम गर्न सहयोग गरेको छ ।
टीभीएस रेडरमा दुई राइडिङ मोड दिइएको छ । यो मोटरसाइकलमा पावर र इको मोड उपलब्ध छ । चालकले आफ्नो आवश्यकता अनुसारको मोड छनोट गरेर चलाउन सक्ने छन् ।
साथै, कम्पनीले रेडर १२५ मा ‘इन्टेली गो टेक्नोलोजी’को प्रयोग गरेको छ । यसको सहायताले इन्जिन अटोमेटीकरुपमा अन र अफ गर्न सकिन्छ । ट्राफिक लाइट तथा कुनै पनि स्थानमा मोटरसाइकल रोकेर बस्दा यो मोटरसाइकल आफैं बन्द हुन्छ भने थ्रोटल लिएपछि सामान्य रुपमा नै स्टार्ट गर्न सकिन्छ ।
सामान्यतया १२५ सीसी सेग्मेन्टका मोटरसाइकलमा डबल सस्पेन्सन पाइन्छ । तर टीभीएसले राइडर १२५को रियरमा ५ स्टेप एड्जष्टेवल मोनोशक सस्पेन्सन दिएको छ ।
कम्पनीले यसको मूल्य २ लाख ४७ हजार ९०० रुपैयाँ निर्धारण गरेर विक्री वितरण गर्दै आएको छ ।

