मोटरहेडको एक्सचेन्ज अफर, फाइनान्समा किन्दा पनि नगद छुट पाइने

काठमाडौं । मोटरहेड मोटरसाइकलले एक्सचेन्ज अफर ल्याएको छ । मोटरहेड ब्रान्डको आधिकारिक वितरण एसएलआर टेक्नो एन्ड ट्रेड प्रालिले आगामी मंसिर २२, २३ र २४ गते उपत्यका भित्रका आफ्ना सम्पूर्ण शोरुमहरुमा लागू हुने गरि तीन दिनसम्म मोटरहेड एक्सचेन्ज अफर सञ्चालन गर्ने भएको हो ।

ग्राहकहरुको मागलाई ध्यानमा राखी कम्पनीले यस अफरलाई आफ्नो सबै शोरुमहरुमा सञ्चालन हुने जनाएको छ । मोटरहेडले डर्ट, क्रसओभर र स्क्र्याम्बलर सेग्मेन्टको नेपाली बजारमा आफ्नो छुट्टै उपस्थिति जनाउँदै आएको छ ।

यो अफरमा ग्राहकले मोटरसाइकल खरिद गर्दा नगद तथा एक्सचेन्ज गर्दा एक्सचेन्न वोनस प्राप्त गर्नेछन् । नगद खरिदमा १० हजार छुट, फाइनान्समा ७ हजार छुट र बाइक सट्टापट्टा गरि लिँदा बजार मूल्यांकन भन्दा थप १५ हजार रुपैयाँ ग्राहकले पाउने छन् । त्यस्तै हरेक मोटरसाइकलको खरिदमा ग्राहकले फुल हेलमेट निशुल्क प्राप्त गर्नेछन् ।

कम्पनीले उचित मूल्यांकन र सरल खरिदको वातावरण मिलाउन अन द स्पट भ्यालुएसन व्यवस्थापन गर्ने भएको छ । साथै हरेक खरिदमा आकर्षक फ्रि डर्ट हेल्मेट समेत ग्राहकले पाउने जानकारी कम्पनीले दिएको छ ।

मोटरहेडको सल्लाघारी, मित्रपार्क, टेकु , धोविघाट र बालाजुमा रहेको आफ्नो शोरुमहरुमा यो अफर संचालन हुनेछ ।


Back_to_top