काठमाडौं । कालिगण्डकी करिडोर (बेनी-जोमसोम-कोरला सडक)अन्तर्गत म्याग्दी खण्डमा १९ वर्षपछि कालोपत्र भएको छ ।
म्याग्दीको बेनीदेखि मुस्ताङको सिमाना काभ्रेभीरसम्म ३३ किलोमिटरमध्ये २६ किलोमिटर सडक कालोपत्र भएको हो । उक्त सडक कुल १ अर्ब २९ करोड रुपैयाँ लागतमा कालोपत्र भएको हो ।
नागढुंगा-कैकुखोला खण्डको १६.५ किलोमिटरमध्ये ११ किलोमिटर ६३ करोड रुपैयाँमा कालोपत्र र ढलान गरिएको हो । त्यस्तै, राहुघाट-नागढुंगा खण्डको १९ किलोमिटरमध्ये १५ किलोमिटर ६६ करोड रुपैयाँमा कालोपत्र गरिएको हो ।
उक्त सडक ११ मिटर चौडा बनाएर कालोपत्र र ढलान गरिएको हो । त्यस्तै, उक्त सडकखण्डमा ५ वटा पक्की पुल र २ वटा बेलीब्रिज पनि निर्माण गरिएको छ ।
राहुघाट, बेगखोला, महभीर र पोखरेबगरस्थित कालीगण्डकी, दानाको घट्टेखोलामा मोटरेबल पुल निर्माण गरिएको छ । भुरुङखोला र रुप्सेखोलामा भने बेलिब्रिज जडान गरिएको छ ।

