अब ५ लाखभन्दा कम मूल्यका सवारी किन्दा मात्रै नगदै भुक्तानी गर्न पाइने

काठमाडौं । अब ५ लाख रुपैयाँभन्दा कम मूल्यका सवारी साधन खरिद गर्दा मात्रै नगद भुक्तानी गर्न पाइने भएको छ ।

सोमबार (मंसिर १५ गते) बसेको मन्त्रिपरिषद्को बैठकले ५ लाख रुपैयाँभन्दा बढीको वस्तु खरिदबिक्री गर्दा बैंकिङ प्रणाली मार्फत मात्रै कारोबार गर्नुपर्ने निर्णय गरेको छ ।

सो अनुसार अब ५ लाख बढी मूल्यका सवारी साधन खरिद गर्दा चेक/अनलाइन मार्फत भुक्तानी गर्नुपर्ने छ । यससँगै अब साना मोटरसाइकल/स्कुटर किन्दा मात्रै नगदमा भुक्तानी गर्न पाइन्छ ।

नेपाली बजारमा उपलब्ध अधिकांश ठूला मोटरसाइकलको मूल्य ५ लाख रुपैयाँ माथि रहेकाले अब त्यस्ता मोटरसाइकल खरिद गर्दा चेक/अनलाइन मार्फत भुक्तानी गर्नुपर्नेछ ।

नयाँ व्यवस्था आगामी माघ १ देखि कार्यान्वयनमा आउने छ । हाल १० लाख रुपैयाँँसम्मका सवारी साधन खरिदबिक्री गर्दा नगदमै भुक्तानी गर्न पाइने व्यवस्था छ ।

सरकारले सम्पत्ति शुद्धीकरणमा सुधार ल्याउन नगद कारोबारलाई निरुत्साहित गर्दै डिजिटल कारोबारलाई प्रोत्साहन गरेको हो ।


Back_to_top