यही साता बजारमा आउँदै हार्ले डेभिडसनको सबैभन्दा सानो मोटरसाइकल

काठमाडौं । हार्ले डेभिडसनले यही साता भारतीय बजारमा नयाँ मोटरसाइकल सार्वजनिक गर्ने भएको छ ।

कम्पनीले भारतमा उत्पादन गरेको आफ्नो सबैभन्दा सानो इन्जिन क्षमताको हार्ले डेभिडसन डेभिडसन एक्स ४४० टी मोटरसाइकल यही डिसेम्बर ६ तारिखमा बजारमा ल्याउने भएको हो ।

नयाँ मोटरसाइकल हार्ले डेभिडसन एक्स ४४० को अपडेटेड भर्सन हो । भारतमा हिरो मोटोकर्प र हार्ले डेभिडसनको सहकार्यमा एक्स ४४० टी मोटरसाइकल उत्पादन भएको हो ।

नयाँ भेरियन्ट पुरानोभन्दा अझै धेरै स्पोर्टी र फ्रेश डिजाइनमा देखिएको छ। कम्पनीले यसको स्टाइलिङ सेग्मेन्टमा सबैभन्दा बढी फोकस गरेको छ। यसलाई एक्स ४४० को फेसलिफ्ट भर्सन पनि भन्न सकिन्छ ।

यसमा कम्पनीले नयाँ रियर फेन्डर, सिंगल पिस सीट, एलईडी टेल लाइट, नयाँ एग्जस्ट हिट शिल्ड, बार इन्ड मिरर, नयाँ ग्राफिक्स कलर र साइड प्यानल, टेल सेक्सनमा स्पोर्टी चेकर्ड ग्राफिक्स डिजाइन दिएको छ । पुरानो भेरियन्टभन्दा नयाँको तौल पनि कम हुने अनुमान गरिएको छ ।

हार्ले एक्स ४४० टीको फ्रन्टमा नयाँ यूएसडी फोर्क र रियरमा डबल सक अब्जर्बार, डबल डिस्कब्रेक, स्विचेबल डबल च्यानल एबीएस, अगाडि १८ इन्च र पछाडि १७ इन्चको अलोय ह्वील छ ।

साथै, राइड बाइ वायर थ्रोटल, स्विचेबल ट्रयाक्सन कन्ट्रोल, राइडिङ मोड, पूरा एलईडी लाइट सेटअप, अटो हेड्ल्याम्प, कनेक्टिभिटी सिस्टम सहितको पूरा डिजिटल टीएफटी डिस्प्ले, टर्न बाइ टर्न नेभिगेसन, चार्जिङ पोर्ट, कल एसएमएस अलर्ट लगायतका अन्य निकै फिचरहरू पाउन सकिन्छ ।

यस मोटरसाइकलको इन्जिनमा भने कुनै परिमार्जन गरिएको छैन । हार्ले एक्स ४४० टीमा ४४० सीसीको सिंगल सिलिण्डर, एयर र आयल कुल्ड, एफआइ इन्जिन छ । यो इन्जिनले अधिकतम २७ ब्रेकहर्स पावर तथा ३८ एनएमको टर्क जेनेरेट गर्छ । यसमा ६ स्पीडको गियरबक्स छ ।


Back_to_top