काठमाडौं । नारायणघाट-बुटवल सडकखण्ड अन्तर्गत पूर्वी नवलपरासीको दुम्किबासस्थित विनयी खोलाको पुलमा सवारी साधन संचालनमा रोक लगाइएको छ ।
आयोजनाले एक सूचना जारी गर्दै उक्त पुलमा एक्सपान्सन ज्वाइन्ट निर्माण गर्नुपर्ने भएकाले सो कार्य नसकुन्जेलसम्म सवारी चलाउन रोक लगाइएको जानकारी गराएको हो ।
उक्त पुलको डाइभर्सन सडक भने प्रयोग गर्न सकिने आयोजनाले जनाएको छ ।

