काठमाडौं । बीएमडब्ल्युको बीएस ६ भर्सन मोटरसाइकल नेपाल आइपुगेको छ । हिमालयन मोटोराडले नेपाली बजारमा विक्री गर्ने ३१० ट्वीनको बीएस ६ भर्सन नेपाल भित्रिएको छ ।
कम्पनीले नेपालमा विक्री गर्दै आएको जि ३१० आर र जी ३१० जीएसको बीएस ६ भर्सन केही दिन भित्र सार्वजनिक गर्ने भएको हो ।
भारतमा टीभीएससंगको सहकार्यमा उत्पादन भएको बीएसडब्व्ल्यु ३१० ट्वीनले नेपाली बजारमा राम्रो सफलता पाइरहेको छ । कम्पनीले विक्री गर्ने जी ३१० आर नेकेड मोटरसाइकल हो भने जी ३१० जीएस एड्भेन्चर मोटरसाइकल हो ।
जी–३१० ट्वीनमा ३१३ सीसी, सिङ्गल सिलिन्डर, लिक्विड(कूल, फ्यूल इन्जेक्सन इञ्जिनले ३३.५ बीएच पावर र २८ एनएम–टर्क जेनेरेट गर्छ । यस मोटरसाइकलमा सिक्स–स्पीड गियरबक्स जडान गरिएको छ ।
कम्पनीले विक्री गर्ने जी ३१० आर र जी ३१० जिएसम तीन कर अप्सनमा नेपाल आएको छ । जि ३१० आरको काइनाइट ब्लु मेटालीकको मूल्य १३ ला ७५ हजार, कस्मीक ब्ल्याक २ को मूल्य १३ लाख ५० हजार र लाइमस्टोन मेटालीकको मूल्य १३ लाख ७५ हजार १३ लाख ७५ हजार रुपैयाँ रहेको छ । त्यस्तै जी ३१० जीएसको पोलार ह्वाइटको मूल्य १४ लाख ७५ हजार रुपैयाँ, ट्रीपल ब्ल्याक र काइनाइट ब्लस मेटालीकको मूल्य १४ लाख ७५ हजार रुपैयाँ निर्धारण गरेको छ ।
कम्पनीले हाल यी दुई मोटरसाइकलको बुकिङ लिइरहेको छ । कम्पनीको आधिकारिक सोरुमाबाट बुकिङ गर्न सक्नेछन् । बुकिङ गर्न चाहाने ग्राहकले ५० हजार रुपैयाँ बुझाएर बुकिङ गर्न सक्ने कम्पनीले जनाएको छ । प्रि बुकिङ गर्ने ग्राहकले नगद २० हजार रुपैयाँ तथा हेलमेट निशुल्क प्राप्त गर्नेछन् ।


