बीएमडब्ल्युका बीएस ६ मोटरसाइकलको विक्री सुरु

काठमाडौं । हिमालयन मोटोराडले बीएमडब्ल्यु ३१० ट्वीन बीएस ६ भर्सनको विक्री सुरु गरेको छ । कम्पनीले जि ३१० जीएस र जी ३०१ आरको विक्री सुरु गरेको हो ।

कम्पनीले नेपालमा विक्री गर्दै आएको जि ३१० आर र जी ३१० जीएसको बीएस ६ भर्सनको विक्री सुरु गरेको हो । कम्पनीले पहिलो ५ जना ग्राहकलाई बीएस ६ भर्सनका मोटरसाइकल समेत हस्तान्तरण गरेको छ ।

भारतमा टीभीएससंगको सहकार्यमा उत्पादन भएको बीएसडब्व्ल्यु ३१० ट्वीनले नेपाली बजारमा राम्रो सफलता पाइरहेको छ । कम्पनीले विक्री गर्ने जी ३१० आर नेकेड मोटरसाइकल हो भने जी ३१० जीएस एड्भेन्चर मोटरसाइकल हो ।

जी–३१० ट्वीनमा ३१३ सीसी, सिङ्गल सिलिन्डर, लिक्विड९कूल, फ्यूल इन्जेक्सन इञ्जिनले ३३.५ बीएच पावर र २८ एनएम-टर्क जेनेरेट गर्छ । यस मोटरसाइकलमा सिक्स–स्पीड गियरबक्स जडान गरिएको छ ।

कम्पनीले विक्री गर्ने जी ३१० आर र जी ३१० जिएसम तीन कर अप्सनमा नेपाल आएको छ । जि ३१० आरको काइनाइट ब्लु मेटालीकको मूल्य १३ ला ७५ हजार, कस्मीक ब्ल्याक २ को मूल्य १३ लाख ५० हजार र लाइमस्टोन मेटालीकको मूल्य १३ लाख ७५ हजार १३ लाख ७५ हजार रुपैयाँ रहेको छ । त्यस्तै जी ३१० जीएसको पोलार ह्वाइटको मूल्य १४ लाख ७५ हजार रुपैयाँ, ट्रीपल ब्ल्याक र काइनाइट ब्लस मेटालीकको मूल्य १४ लाख ७५ हजार रुपैयाँ निर्धारण गरेको छ ।


Back_to_top