बीएमडब्ल्यूको एड्भेन्चर र नेकड मोटरसाइकल अब इलेक्ट्रीक भर्सनमा आउने

BMW Electric Motorcycle Based On G310R – Render

काठमाडौं । प्रिमियम मोटरसाइकल निर्माता बीएमडब्ल्यू इन्डियाले इलेक्ट्री मोटरसाइकल निर्माण गर्ने भएको छ ।

बजारमा इलेक्ट्रीक टू ह्वीलरको माग बढ्दै गएपछि त्यसलाई मध्येनजर गर्दै कम्पनीले इन्ट्री लेभल मोटरसाइकल जी ३१० आर र जी ३१० जी एसको इलेक्ट्रीक भर्सन निर्माण गर्ने भएको हो ।

बीएमडब्ल्यूले अन्तर्राष्ट्रिय बजारमा भने आफ्नो पहिलो इलेक्ट्रीक स्कुटर सीई ०४ पहिलैदेखि विक्री गरिरहेको छ । कम्पनीले हालै मात्र भारतमा जी ३१० र जी ३१० जी एसको इलेक्ट्रीक भर्सनका लागि दर्ता गराएको पेटेन्ट फाइल इन्टरनेटमा बाहिरिएको हो ।

यसले कम्पनीले निकट भविष्यमै टीभीएससँगको सहकार्यमा इलेक्ट्रीक मोटरसाइकल ल्याउन सक्ने भारतीय मिडियाले उल्लेख गरेका छन् ।

कम्पनीले बीएमडब्ल्यू सीई ०४ मा प्रयोग भएको पावरट्रेन कम्पोनेन्ट्स, ब्याट्री प्याक दूई इलेक्ट्रीक मोटरसाइकलमा प्रयोग गर्ने गरी ल्याउने अपेक्षा गरिएको छ ।

सीई ०४ को तुलनामा जी ३१० र जी ३१० जी एसको फ्रेमवर्कमा भने निकै परिमार्जन गरेको छ । रेडिएटर सहित ब्याट्रीलाई भर्टिकल रुपमा मोटरसाइकलको अगाडि ट्याँकको मुनिपट्टीको भागमा राखिने छ ।

स्प्रोकेटसगँ जोड्नको लागि मोटरलाइ सिट मुनि ९० डीग्रीको आकारमा फिट गरिएको छ । यसलाई बेल्ट ड्राइभ मार्फत संचानल गरिने पेटेन्टमा उल्लेख गरिएको छ ।

बीएमडब्लूले मोटरसाइकलमा ईसीयू फास्ट चार्जर दिनेछ । फ्युल ट्याकं रहेको ठाउँमा स्टोरेज स्पेस पाउन सकिन्छ । जसमा हेलमेट, मोटरसाइकलको चार्जर लगायतका अन्य सामानहरू राख्न सकिन्छ ।

मोटरसाइकलको पर्फमेन्सको कुरा गर्दा ४२ बीएच अधिकतम पावरका साथै ६२ एनएम पीक टर्क उत्पादन गर्ने मोटर यसमा जडान गरिने छ । जुन पेट्रोल क्षमताका जी ३१० र जी ३१० जी एसभन्दा धेरै पावरफुल हुनेछ ।


Back_to_top