१८० यात्रु बोकेको बोइङ ७३७ इरानमा दुर्घटना

१८० यात्रु बोकेको जहाज इरानमा दुर्घटनामा परेको छ । इरानबाट युक्रेनका लागि उडेको बोइङ ७३७ जहाज दुर्घटनामा परेको हो ।

टेकअफ गरेको केहि समयमा नै जहाजमा टेक्निकल समस्या देखिएको र जहाज दुर्घटनमा परेको जनाइएको छ । इमाम खोमेनी इन्टरनेशन बिमानस्थलबाट केयुभ ब्रोस्पील बिमानस्थलका लागि उडान भरेको उक्त जहाजमा १८० जना यात्रु सवार थिए ।

दुर्घटनामा कति क्षति भयो भन्नेबारे हालसम्म केहि खुलेको छैन् ।

२०१८ को मार्चमा समेत बोइङ ७३७ म्याक्स जेट दुर्घटनमा परेर ३५० जना यात्रुको मृत्यु भएको थियो । अमेरीका निमार्ता कम्पनीको यो बोइङ विगत १० महिनादेखि ग्लोवल मार्केटमा नै ग्राउन्डेड रहेको छ ।


Back_to_top