काठमाडौं । साना व्यवसाय गर्ने उद्यमीदेखि ठूला कन्ट्रक्सनसम्मको काम गर्ने कन्ट्याक्टरको रोजाईमा पर्ने सवारीसाधन हो पीकअप । नेपालमा प्रायः सबै प्यासेन्जर गाडी बिक्रेता कम्पनीले यस्ता पीकअप ट्रक बिक्री वितरण गर्दै आएका छन् ।
संख्यात्मक हिसावले यो सेग्मेन्टमा महिन्द्रा निकै बलियो रहेको छ । त्यसपछि टाटा, टोयोटा, इसुजु, फोर्ड, निसान जस्ता कम्पनीले उत्पादन गरेका पीकअप ट्रक नेपाली बजारमा उपलब्ध रहेको पाइन्छ ।
यी पीकअप सिंगल र डबल क्यापमा नेपाली बजारमा पाउन सकिन्छ । नेपालको पहाडी र कच्ची बाटोमा प्रयोग गर्न पीकअप ट्रक खोज्नेहरुलाई महिन्द्राका दुई उत्पादन स्कर्पियो पीकअप र बलेरा पीकअपमा रहेका भिन्नतालाई यहाँ केलाउने प्रयास गरेका छौं ।
इन्जिन
स्कार्पियोमा ४ सिलिण्डर, टर्बोचार्जर इन्टरक कुलर इन्जिन दिइएको छ भने बलेरो पीकअपमा पनि फोर सिलिण्डर, एम२डिआईसिआर ५ एल टिबी इन्जिन दिइएको छ ।
स्कर्पियो पीकअपमा २१७९ सीसी क्षमताको इन्जिन रहेको छ भने बलेरोमा २५२३ सीसी क्षमताको इन्जिन रहेको छ । तर, धेरै सीसीका बाबजुद बलेको पावर भने कम रहेको छ । यसमा दिइएको इन्जिनले ३२०० आरपीएममा ६२ बीएच पावर र १४०० देखि २२०० आरपीएममा १९५ एनएम टर्क प्रदान गर्नेछ ।
त्यसैगरी स्कर्पियोमा दिइएको इन्जिनले ४००० आरपीएममा १२० बीएच पावर र १८०० देखि २८०० आरपीएममा २८० एनएम टर्क प्रदान गर्छ । दुबै पीकअप ५ स्पीड म्यानुयल गियरबक्समा उपलब्ध रहेको छ ।
स्कार्पियो पीकअपको इन्धन ट्याङ्कमा ८० लिटर इन्धन अट्छ भने बलेरोमा ५७ लिटर अट्ने छ । माइलेजको मामलामा बलेरो तगडा देखिन्छ । बलेरोले प्रतिलिटर १५ किलोमिटर प्रतिलिटर दिन्छ भने स्कार्पियोले ११ किलोमिटर मात्र दिन्छ ।
साइज
यी दुबै गाडीको साइज झण्डै समान जस्तै रहेको छ । स्कार्पियो पीकअपको ह्वीलवेस ३०४० एमएम छ भने बलेरोको ३०१४ एमएम रहेको छ ।
लम्बाईको कुरागर्दा स्कार्पियो ५११८ एमएम, चौडाई १८५० एमएम र उचाई १८७४ एमएम छ भने बलेरोको लम्बाई ४८५९ एमएम, चौडाई, १६७० एमएम र उचाई १८५५ एमएम रहेको छ । ग्राउन्ड क्लियरेन्सपनि स्कार्पियो पीकअपको धेरै रहेको छ । स्कार्पियोमा २१० एमएमको ग्राउन्ड क्लियरेन्स उपलब्ध रहेको छ भने बलेरो पीकअपमा १८५ एमएम रहेको छ ।
अन्य फिचर
दुबै पीकअपमा एड्जस्टेवल ड्राइभर सिट, घटाउन मिल्ने स्टेरिङ, पार्किङ ब्रेक, पावर स्टेरिङ, सिटबेल्ट, पावर स्टेरिङ जस्ता फिचर उपलब्ध रहेका छन् ।
मूल्य


