काठमाडौं । भारतीय बजारमा उत्पादन भएका मोटरसाइकल भारतमा भन्दा पहिला नेपाल आउने संम्भावना खासै रहँदैन । तर, चिनियाँ कम्पनीले उत्पादन गरेको अधिकांश मोटरसाइकल भारतमा भन्दा नेपालमा पहिला आउने गरेको छ । यस्तोमा अबको दुई महिनापछि भारतमा बिक्री सुरु हुने एनके २५० नेपालमा भने केही महिनादेखि बिक्री हुँदै आएको हो ।
२५० सीसी सेग्मेन्टमा युवाहरुको आकर्षण बढ्दै गएको समयमा आएको एनके २५० सीएफ मोटोको उत्कृष्ट बाइकमा पर्छ । कम्पनीले २४९.२ सीसी क्षमताको इन्जिनमा ल्याएको यो बाइकले ९००० आरपीएममा २६ बीएचपी पावर र ७५०० आरपीएममा २२ एनएम टर्क प्रदान गर्छ । यसमा ६ स्पीडको गियरबक्स दिइएको छ ।
यो मोटरसाइकलमा अगाडि टेलिस्कोपीक र पछाडि क्यान्टिलिभर सिंगल सस्पेन्सन दिइएको छ । कम्पनीले सुरक्षीत राइडिङको लागि हाइड्रोलिक डिस्क ब्रेकको साथमा डियुल च्यानल एबीएस दिएको छ ।

यस मोटरसाइकलको लम्बाई १९९० एमएम, चौडाई ७८० एमउम र उचाई १०७० एमएम रहेको छ भने यसको ह्वीलवेस १३६५ एमएम रहेको छ । यसमा सिट हाईड भने ७९५ एमएमको दिइएको छ ।
१५० एमएमको ग्राउण्ड क्लियरेन्स रहेको एनके २५० मा १२.५ लिटर क्षमताको फियुल ट्याङ्क दिइएको छ ।
यसको मूल्य कम्पनीले ५ लाख २५ हजार ५०० रुपैयाँ तोकेर बिक्री वितरण गर्दै आएको छ ।


