काठमाडौं । चिनियाँ न्यू इनर्जी भेहिकल कम्पनी बीवाइडी विश्वकै सातौ धेरै कार उत्पादन गर्ने कम्पनी बनेको छ । उसले जापानी कार निर्माता होन्डा र निसानलाई पछाडि पारेको हो ।
सन् २०२४ को दोस्रो क्वाटरमा आफ्नो उत्पादन र बिक्रीलाई ४० प्रतिशतले बढाएको बीवाइडीले तीन महिनाको अवधिमा ९ लाख ८० हजार यूनिट कार बिक्री गरेको थियो ।
कम मूल्यका विद्युतीय र हाइब्रिड कार उत्पादन गरेर विश्व बजारमा एकपछि अर्को रेकर्ड बनाइरहेको बीवाइडीले अमेरिकी अटो जाइन्ट फोर्डलाई पच्छाई रहेको छ ।
नेपाली बजारमा आर्थिक वर्ष २०८०/८१ मै बीवाइडी नम्बर वान बनिसकेको छ । हाम्रो बजारमा गत एक वर्षमा झण्डै ४ हजार यूनिट बीवाइडीका गाडी बिक्री भएका हुन् ।


