हिरो एक्सएमआर २१० नेपालमा, चाँडै बुकिङ खुल्ने

काठमाडौं । हिरोको पहिलो लिक्वीड कुल्ड इन्जिन भएको मोटरसाइकल हिरो एक्सएमआर २१० नेपाल भित्रिएको छ । हिरो मोटरसाइकलको नेपालका लागि आधिकारिक बिक्रेता कम्पनी सिजी मोटर्सले नाडा अटो शो २०२४ मा एक्सएमआर २१० प्रदर्शन गरेको हो ।

नाडा अटो शो २०२४ मा प्रदर्शन गरिएको यो मोटरसाइकलको केही समय पश्चात बुकिङ खुलाइने भएको हो ।

फेस्टिभ सिजनदेखि नेपाली बजारमा यो मोटरसाइकल उपलब्ध हुने यो मोटरसाइकलको मूल्यको बारेमा भने कुनै जनाकारी बाहिर आएको छैन् ।

कम्पनीले एक्सएमआर २१० मा अल एलइडी लाइट, स्मार्ट कनेक्ट फिचर, टर्न वाइ टर्न नेभिगेशन जस्ता फिचर दिइएको छ ।

हिरो मोटोकर्पले पहिलो पटक डिओएचसी इन्जिन सेटअपमा हिरो मोटरसाइकल ल्याएको हो । करिज्मामा लिक्वीड कुल्ड इन्जिन, डुअल च्यानल एबीएस, स्लिपर एसिस्ट क्लच, ६ स्पीड गियर, वाइडर रियर टायर जस्ता फिचर पहिलो पटक प्रयोग गरिएको छ ।

करिज्मामा २१० सीसी लिक्वीड कुल्ड, फोर भल्भ इन्जिन दिइएको छ । यो इन्जिनले ९२५० आरपीएममा अधिकतम २५.५ पीएस पावर तथा ७२५० आरपीएममा २०.४ एनएम टर्क जेनेरेट गर्छ । यो मोटरसाइकलमा ६ स्पीडको गियर बक्स उपलब्ध छ भने यसको टप स्पीड १४० किलोमिटर रहेको छ ।


Back_to_top