काठमाडौं । सुजुकीको बहुप्रतिक्षित एड्भेन्चर मोटरसाइकल नाडा अटो शो २०२४ मा सार्वजनिक भएको छ । कम्पनीले सुजुकी भीस्ट्रोम २५० नाडामा सार्वजनकि गरेको हो ।
सुजुकी मोटरसाइकल तथा स्कुटरको नेपालका लागि आधिकारिक बिक्रेता कम्पनी भीजी सुजुकीले ७ लाख रुपैयाँ तोकेर सार्वजनिक गरेको हो ।
नाडामा यो मोटरसाइकल बुक गर्नेले फेस्टिभ सिजनमा डेलिभरी पाउँने छन् ।