काठमाडौं । नेपाली बजारमा एनआइयू इलेक्ट्रीक मोटरसाइकल सार्वजनिक भएको छ ।
एनआईयू इलेक्ट्रीकको नेपालका लागि आधिकारिक बिक्रेता इको इन्फिनिटीले ‘नाडा अटो शो २०२४’ को अन्तिम दिन आज उक्त मोटरसाइकल सार्वजनिक गरेको हो ।
इको इन्फिनिटीले आफ्नो पहिलो मोटरसाइकलको मूल्य ९ लाख ९९ हजार रुपैयाँ तोकेकाे छ ।
नेपालमा सुरूवाती दिन देखिनै इलेक्ट्रीक स्कुटर बिक्री गर्दै आएको कम्पनीले ७.५ किलोवाट मोटर क्षमताको स्पोर्टी इलेक्ट्रीक मोटरसाइकल सार्वजनिक गरेको हो ।
यसमा ५ किलोवाट क्षमताको लिथियम आयन ब्याट्री उपलब्ध रहेको छ । यसमा रहेका ब्याट्रीलाई ४ घण्टा लगाएर चार्ज गर्न सकिन्छ भने फुलचार्जमा १०० किलोमिटरसम्म चलाउन सकिने कम्पनीको दाबी छ । यसको टप स्पीड १०० किलोमिटर क्षमता रहेको छ ।
यो मोटरसाइकलमा एन्टिलक ब्रेकिङ सिस्टम, जिपीएस, रिजेनेरेटिभ ब्रेकिङ सिस्टम जस्ता फिचर उपलब्ध छन् । यसमा सबै एलइडी लाईट, डबल डिस्क ब्रेक, कि(लेस कन्ट्रोल जस्ता फिचर उपलब्ध छन् ।

