काठमाडौं । दिपल ‘एस-०७ एल’ नेपाल आउने भएको छ । चांगानको आधिकारीक बिक्रेता एमएडब्लू वृद्धिले एस-०७ एल मोडल नेपाल ल्याउन लागेको हो ।
एस-०७ को पछि दिएको ‘एल’ काे अर्थ लार्ज (ठूलो) हो । कम्पनीले यसमा अहिले बजारमा उपलब्ध मोडलको तुलनामा १३ किलोवाट आवरभन्दा केही बढी क्षमताको टर्नरी लिथियम ब्याट्रीको प्रयोग गरेको छ ।
अहिले बजारमा उपलब्ध दिपल एस-०७ मा ९९ किलोवाट आवरको माेटर दिइएको छ । तर, नयाँ आउन लागेको एल मोडलमा १६० किलोवाट क्षमताको पावरफुल मोटर रहने छ ।
यसको साइज भने रेगुलर एस-०७ कै हुनेछ । यसको लम्बाई ४७५० एमएम, चौडाई १९३० एमएम, उचाई १६२५ एमएम र ग्राउन्ड क्लियरेन्स १७५ एमएम रहने छ । २० इन्चको ठूलो आल्मुनियम ह्वील रहने नयाँ मोडलको रेन्ज भने ५०० किलोमिटर माथि रहने छ ।
एक्सटेरियरमा सबै लाइटहरु एलइडी प्रयोग गरेको कम्पनीले प्रोजेक्टर हेडल्याम्प, पानारोमिक सनरुफ, फ्रेमलेस विन्डो, इलेक्ट्रोनिक्स हिडन डोर ह्याण्डल, पावर टेलगेट, बोनलेस वाइपर जस्ता फिचर छन् ।
यसको इन्टेरियर पनि अहिले बजारमा उपलब्ध एस-०७ मोडलकै जस्तो छ । टिल्ट र टेलिस्कोपीक एड्जस्ट गर्न मिल्ने मल्टी फङ्गशनल स्टेरिङ ह्वील र सेन्थेथिक लेदर सिटले यसको क्याविन निकै आकर्षक लाग्छ । साथमा मेमोरी र भ्यान्टिलेसन सहितको वेलकम सिट, वायरलेस चार्जरले चालक र यात्रुलाई सहज र आरामदायी यात्रा दिलाउने छ ।
यसको एसी ड्यूल जोन अटोमेटीक हो । पछाडि बस्ने यात्रुहरुलाई मध्यनजर गर्दै रियर एसी भेन्ट दिइएको छ । साथै, मोनिटर सहितको पीएम २.५ फिल्टर र एयर प्यूरिफायर पनि यसमा उपलब्ध हुनेछ ।
कार फलो, स्टप र गो, फ्रन्ट कोलिसन वार्निङ, अटोमेटीक इमर्जेन्सी ब्रेक, लेन कीप एसिस्ट, ट्राफिक जाम एसिस्ट र लेन डिपार्चर वार्निङसहितको एडाप्टीभ क्रुज कन्ट्रोल पाउन सकिन्छ । साथै, एडास २.५ भित्र पर्ने सम्पूर्ण सुरक्षा फिचर यसमा रहेको छ ।
यसको क्याविन पनि निकै अत्याधुनिक छ । इको, कम्र्फट, स्पोट्र्स र कष्टुमाइज गरी चार ड्राइभिङ मोड उपलब्ध कारमा हेडअप डिस्प्ले, १५.६ इन्चको टच स्कृन, १४ वटा स्पीकर, वायरलेस एप्पल कार प्ले, एम्बीयन्ट लाइट, जेक्चर रिकग्नेसन, डिजिटल की जस्ता फिचर छन् ।
सुरक्षाको लागि आवश्यक सम्पूर्ण फिचर उपलब्ध कारमा ३६० डिग्री क्यामेरा र ३६० डिग्री भिडियो रेकर्डर यसमा दिएको छ ।


