काठमाडौं । जी मोटर्सले नाडा अटो शोको ५ औं दिनसम्ममा ९९ यूनिट गाडी बुकिङ लिएको जनाएको छ । कम्पनीले ९९ यूनिट बुकिङ पुगेको अवसरमा केक काटेर खुसीयाली मनाएको हो ।
‘हामीले ईटी-५ र बीई-११ मिलाएर ९९ यूनिट गाडी बुकिङ पुरा गरेका छौं । अझै एक दिन बाँकी रहेकोले थप राम्रो संख्यामा बुकिङ पाउने आशा राखेका छौं’, कम्पनीका कार्यकारी निर्देशक पारशमणि गेलाले भने ।
स्काइवेलले ४२०, ५२० र ६२० किलोमिटर रेन्ज दिने गाडी अटो शोमा प्रदर्शनी गरेको छ । अहिले बीई-११ मोडलको दुई भेरियन्ट अटो शोमा प्रदर्शनी गरेको हो । कम्पनीले प्रदर्शनी गरेको नयाँ मोडलमा ५१ र ७१ किलोवाट आवरको ब्याट्री छन् ।
मूल्यपनि सर्ट रेन्ज मोडलको ७५ लाख ९० हजार, मिड रेन्जको ८५ लाख ९० हजार र टप मोडल ईटी-५का १ करोड १० लाख रुपैयाँ रहेको छ ।


