काठमाडौं । हुन्डाई मोटर्सको लागि आधिकारीक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टलले पुरानो कोना इलेक्ट्रीक बेचेर नयाँ आयोनीक–५ किन्ने ग्राहकलाई उत्कृष्ट अफर दिने भएको छ ।
कम्पनीले विद्युतीय गाडीको रिसेल भ्यूलु नभएको भन्दै सर्वत्र चर्चा भइरहेको समयमा सुरुदेखि नेपाल आयात भएको कुनै पनि मोडलमा न्यूनतम ४० लाख रुपैयाँ मूल्य दिने भएको हो ।
सुरुमा सन् २०१८ को अन्तिमताका ५१ लाख ९६ हजार रुपैयाँमा बिक्री भएको कोनाका ग्राहकले अहिले गाडी बिक्री गर्दा पनि न्यूनतम ४० लाख पाउने कम्पनीको भनाइ छ ।
‘हामीले कोनाबाट अपग्रेड भएर आयोनीक-५ मा उक्लन चाहने ग्राहलाई मध्यनजर गर्दै यो स्कीम दिएका छौं । यसले कोनाको रिसेल भ्यलूमा ग्राहक ढुक्क हुने अवस्था छ भने विश्वभर उत्कृष्ट रिभ्यू पाएको गाडीमा आफुलाई अपग्रेड गर्ने मौका पनि छ’, कम्पनी स्रोतले मेरोअटोसँग भन्यो ।
अहिले चलिरहेको नाडा अटो शोमा हुन्डाईले कोना र आयोनीक-५ दुबै इलेक्ट्रीक मोडल प्रदर्शनीमा राखेको छ ।


