बन्यो ‘अल सोलिड स्टेट ब्याट्री’, मूल्य लिथियमभन्दा १५% महंगो हुने

काठमाडौं । चिनियाँ ब्याट्री उत्पादक कम्पनी पेंगुई इनर्जीले ‘अल सोलिड स्टेट ब्याट्री’ बनाएको छ । कम्पनीले एक पत्रकार सम्मेलन आयोजना गरेर ‘अल सोलिड स्टेट ब्याट्री’ देखाएको हो ।

पेंगुई इनर्जीले उक्त ब्याट्रीको नाम ‘ग्रेट पावर’ दिएको छ । यो ब्याट्रीको इनर्जी डेन्सीटी २८० वाटआवर प्रतिकेजी रहेको कम्पनीको दावी छ । कम्पनीले अल सोलिड स्टेट ब्याट्रीको ब्यवसायीक उत्पादन सन् २०२६ बाट सुरु गर्ने जानकारी दिएको हो ।

कम्पनीका अनुसार नयाँ ब्याट्रीको लागत अहिले चल्तीमा रहेको लिथियम आयोन ब्याट्रीभन्दा १५ प्रतिशतले महँगो हुने जनाएको छ । उक्त मिडिया कन्फ्रेसमा कम्पनीले तीन फरक तरिकाले सोलिड स्टेट ब्याट्री बनाएको दावी गरको छ ।

कम्पनीले यसलाई पोलिमर, सल्फार र अक्साइड प्रविधिमा परीक्षण गरेको जनाएको छ । अहिले देखाएको ब्याट्री भने अक्साइडमा आधारित नयाँ सोलिड स्टेट ब्याट्री बनाउन प्रयोग गरेको हो ।

साधारणतया अक्साइड सोलिड स्टेट ब्याट्री बनाउन हाइ टेक्प्रेचरको स्टेरिङ प्रोसेस हुने गर्छ । ग्रेट पावर ब्याट्रीको चार्जिङ र डिस्चार्जिङमा ६०० साइकल हुनेछ ।

यो ब्याट्रीले माइनस २० डिग्रीदेखि ८० डिग्री तातो तापक्रममा उत्कृष्ट पफर्मेन्स दिनेछ । हाल २८० वाटआवर प्रतिकेजी रहेको ‘इनर्जी डेन्सीटी अप्टीमाइजेसन’पछि अगामी सन् २०२५ मा ३०० वाटआवर प्रतिकेजीसम्म बनाउन सकिने कम्पनीले अनुमान गरेको छ ।


Back_to_top