काठमाडौं । चिनियाँ न्यू इनर्जी भेहिकल कम्पनीको सर्वाधिक निर्यात हुने मोडल डल्फीन बन्यो । कम्पनीको प्रिमियम ह्याचव्याक मोडलले एटो ३ लाई पछाडि पारेको हो ।
बीवाइडीले सन् २०२३ सेप्टेम्बर महिनामा २८ हजार ३९ यूनिट इलेक्ट्रीक गाडी निर्यात गरेकोमा डल्फीनको संख्या १३ हजार १३२ यूनिट रहेको छ । कमपनीले अगष्टमा २५ हजार २३ यूनिट निर्यात गरेको थियो । त्यसमा त्यसमा १२ हजार ६ ५२ यूनिट डल्फीन ह्याचव्याक थियो । जुन कुल निर्यातको ५० प्रतिशतभन्दा धेरै हो ।
जुलाई महिनामा पनि डल्फीन नै सबैभन्दा धेरै निर्यात भएको थियो । कम्पनीले जुलाईमा १८ हजार १६९ यूनिट निर्यात गर्दा डल्फीनको संख्या १० हजार १५० यूनिट थियो ।
बीवाइडीको निर्यातमा डल्फिन पछिल्लो तीन महिनादेखि लगातार अग्रस्थानमा रहन सफल भएको छ । त्यसअघि पहिलो स्थानमा रहेको एटो–३ दोस्रो स्थानमा झरेको हो ।
बीवाइडी एटो३ को निर्यात सेप्टेम्बरमा ९ हजार २ सय ७७ यूनिट छ । अगष्टमा ६५०० र जुलाईमा ४ हजार ९५ यूनिट एटो ३ निर्यात भएको थियो । चीनबाट धेरै निर्यात भएको तेस्रो मोडल प्रिमियम सेडान सिल हो । कम्पनीले सेप्टेम्बर महिनामा ४ हजार ८०३ यूनिट सिल निर्यात गरेको छ ।
बीवाइडीले जापान, टर्की, बोलीभिया, मेक्सीको, अष्ट्रेलिया, यूके, मिडलइस्टका देशहरु लगायत इजरायल, स्वीडेन, न्यूजल्याण्ड, सिंगापूर, मेलेशिया, थाइल्याण्ड, भारत र नेपालमा आफ्ना उत्पादन बिक्री गर्दै आएको छ ।

