बीवाइडीको गाडी किन्दा १२ महिनासम्म किस्ता तिर्न नपर्ने !

काठमाडौं । बीवाइडी मेगा एक्सचेन्ज क्याम्पेन सुरू भएको छ । बीवाइडीको नेपालका लागि आधिकारिक बिक्रेता साइमेक्स इंकले आजदेखि देशव्यापी रूपमा एक्सचेन्ज क्याम्प सुरू गरेको हो ।

वैशाख २७ गतेसम्म संचालन हुने एक्सचेन्ज क्याम्पमा ग्राहकले विभिन्न आकर्षक अफरहरु पाउने छन् । साइमेक्सका अनुसार एक्सचेन्ज क्याम्पमा ग्राहकले आफूसँग भएको कुनै पनि ब्राण्ड वा मोडलको गाडीसँग साटेर बीवाइडी एटो ३, डल्फिन र एम ६ साट्न सक्नेछन् । यसका लागि बेस्ट–इन–इन्डष्ट्रि भ्यालुएसन समेत पाउने कम्पनीले जनाएको छ ।

साथै, ग्राहकले आकर्षक एक्सचेन्ज बोनस, १ वर्षको निःशुल्क अटो प्लस इन्स्योरेन्स, १० वर्षको एक्सटेन्डेड वारेन्टी, ८० प्रतिशतसम्म फाइनान्सिङ र स्पेसल नगद छुट पाउने छन् ।

त्यस्तै, एक्सचेन्ज क्याम्प अवधिभरी गाडी बुकिङ गर्ने ग्राहकमध्ये लक्की ड्रबाट ३ जनाले आफूले किनेको गाडीको १२ महिनासम्मको किस्ता निःशुल्क पाउने छन् । अर्थात् भाग्यमानी ३ जनाले फ्री ईएमआई सुविधा पाउने छन् ।

एक्सचेन्ज क्याम्प बीवाइडीका देशभर रहका शोरुमका साथै अन्य स्थानहरुमा संचालन हुनेछ । काठमाडौं उपत्यकामा ललितपुर,पेप्सीकोला, कोटेश्वर, सोल्टीमोड, सातदोबाटो र नक्सालमा संचालन भइरहेको छ । उपत्यका बाहिर चितिवन, बुटवल, भैरहवा, नेपालगञ्ज, दाङ, धनगढी, बिर्तामोड, दमक, इँटहरी, विराटनगर, जनकपुर, लहान, वीरगञ्ज र पोखरामा संचालन भइरहेको छ ।

साइमेक्स इंकका सीईओ साहिल श्रेष्ठले मेगा एक्सचेन्ज अफरबाट ग्राहकले विशेष लाभ लिनसक्ने बताए । ‘नयाँ अर्थिक वर्ष आउन लागेको र ईभीको करमा समेत परिवर्तन हुने हल्ला चलिरहेको समयमा दिगो मोबिलिटीको क्षेत्रमा आफूलाई लैजाने यो उपयुक्त समय हो । यसरी स्वीच हुनका लागि मेगा एक्सचेन्ज अफरले उपलब्ध गराउने अतुलनीय मूल्य, वित्तीय लचकपना र विशेष लाभले अझै सहज बनाउने छ,’ उनले भने ।


Back_to_top