बीवाइडीको बिक्रीमा निरन्तर उछाल, जुन महिनामा बेच्यो ३ लाख ४१ हजार

काठमाडौं । विश्वकै ठूलो न्यू इनर्जी भेहिकल कम्पनी बीवाइडीले आफ्नो बिक्रीलाई निरन्तर वृद्धि गर्दै लगेको छ । कम्पनीले जुन महिनामा ३ लाख ४१ हजार ६५८ यूनिट विद्युतीय साधन बिक्री गरेको तथ्यांक सार्वजनिक गरेको हो ।

कम्पनीले बिक्री गरेको मध्ये १ हजार ४४७ यूनिट कमर्शियल भेहिकल हो भने अरु सबै प्यासेन्जर सेग्मेन्ट कार हुन् । कुल बिक्रीमा बीवाइडी, डेन्जा, याङवाङ र फाङ चाङ बो ब्राण्ड पनि समावेस छन् ।

कम्पनीले बीवाइडी ब्राण्डबाट ३ लाख २४ हजार ८३८ यूनिट कार गरेको छ । जुन बिक्री मे महिनाको तुलनामा ३.०७ प्रतिशतले बढी हो । अघिल्लो वर्षको सोहि महिनाको तुलनामा भने ३५.०५ प्रतिशतले बढेको देखिन्छ ।

बीवाइडीको सङ फेमली ७० हजार २१९ यूनिट बिक्री हुँदा डाइनेष्टी सिरिजको बिक्री २४ हजार ६५८ यूनिट र ओसियन सिरिजको बिक्री ४५ हजार ५६१ यूनिट भएको देखिन्छ ।

बीवाइडीले क्वीन फेमलीको बिक्री ६८ हजार ४५० यूनिट गर्दा युवान फेमलीको बिक्री ३६ हजार २२२ यूनिट गरेको हो । सिगुल मोडलको बिक्री ३६ हजार ६६ यूनिट भएको छ ।

सिलको बिक्री २४ हजार ४०७ यूनिट गर्दा हान फ्यामलीको बिक्री २१ हजार ८६६ यूनिट भएको देखिन्छ । टाङ मोडलको बिक्री १५ हजार ७१९ यूनिट भएको छ । डल्फीनको बिक्री भने १० हजार ८६० यूनिट भएको छ ।

बीवाइडीको प्रिमियम ब्राण्ड डेन्जाले १२ हजार २७५ यूनिट बिक्री गर्दा फाङ चाओ बोले २ हजार ६८० यूनिट बिक्री गरेको हो । कम्पनीको प्रिमियम एसयूभी याङवाङ यू-८ को बिक्री ४१८ यूनिट भएको कम्पनीले जनाएको छ ।


Back_to_top