सिंगल चार्जमा ७०० किलोमिटर गुड्ने कार नेपाल आउने

काठमाडौं । विद्युतीय गाडीको बिषयमा कुरा गर्दा नेपालमा सर्वाधिक चर्चा हुने रेन्ज हो । एक पटकको फुल चार्जमा ७०० किलोमिटरसम्म रेन्ज दिने बीवाइडी सिल नेपाल आउने भएको छ ।

बीवाइडीको आधिकारीक बिक्रेता साइमेक्स इंकले नाडा अटो शो २०२३ मा सिल नेपाल ल्याउन लागेको हो । विश्व बजारमा टेस्ला मोडल थ्रीसँग प्रतिस्पर्धा गरिरहेको सिल निकै प्रिमियम सेडान हो ।

बीवाइडी सिल अन्तर्राष्ट्रिय बजारमा रियर ह्वील र अल ह्वील ड्राइभ अप्सनमा उपलब्ध छ । यसको रियर ह्वील ड्राइभ मोटरले ३०८ बे्रकहर्स पावर र अल ह्वील ड्राइभ मोटरले ५२३ ब्रेकहर्स पावर प्रदान गर्छ । नेपाल कुन साइजको मोटरमा आउँछ भन्ने अहिल्यै एकिन भएको छैन ।

बीवाइडी सिलको स्पीड गज्जपको छ । यसको अल ह्वील ड्राइभ भर्सनले ३.९ सेकेन्डमै शून्यबाट १०० किलोमिटर प्रतिघन्टाको स्पीड भेट्टाउन सक्छ ।

सिलको अगाडिको हेडलाइट पोर्श्चे टायकानबाट प्रभावित भएको देखिन्छ । आकर्षक लिड लाइटको हेडलाइट तथा कनेक्टेड टेललाइटले यो कारलाई ट्रेन्डी देखाएको छ । यसको डि–पिल्लरमा नयाँ खालको चिजलाई ग्रेटर गरेको जस्तो ग्राफिक डिजाइनमा छ ।

कारको क्यावीन निकै प्रिमियम छ । डायमण्ड प्याटर्न सहितको डबल स्टीच सिट दिइएको छ । यसलाई ८ तरिकाले एड्जस्टमेन्ट गर्न सकिन्छ । गियर नवका साथै भोलुम घटाउने र बढाउने फिजीकल बटम सेन्टर कन्सोलमा छ । मनोरन्जनमा सहयोगी बन्न १५.६ इन्चको ९० डिग्रि घुम्ने इन्फोटेन्मेन्ट सिस्टमले ड्यासबोर्डलाई आकर्षक देखाएको छ । सिलमा ड्राइभर इन्फर्मेसनका लगि स्टेरिङ ह्वीलको ठिक्क पछाडि १०.२५ इन्चको अर्को छुटै स्कृन दिएको छ ।

सिलको लम्बाई ४.८ मिटर, चौडाई १.९ मिटर र उचाई १.५ मिटर छ । कम्पनीले यसमा ८२ किलोवाट आवरको ब्याट्री प्याक दिएको छ । बीवाइडीका अनुसार यो कार सेल टु बडी कस्ट्रक्सन मेथोर्डबाट बनेको हो । यसको सहायताले ब्याट्रीलाई कारको मूख्य स्ट्रक्चरमै जडान गरिएको हुन्छ ।

अन्य ईभीमा जस्तो कारमा छुटै ब्याट्री प्याक बोल्टको सहायताले झुन्ड्इएको छैन । यो स्ट्रक्चरले गाडीको कुल तौल घटाएको छ । साथै, दुर्घटनाको समयमा ब्याट्रीलाई थप सुरक्षीत समेत बनाएको छ ।

यसको अर्को फाइदा भनेको ठूलो, फराकिलो र लोअर क्याविन हो । त्यही कारण यो कार निकै लग्जरी फिल गराउने किसिमको हुनेछ ।


Back_to_top