काठमाडौं । बीवाइडीले लाइनअप मै सबैभन्दा ठूलो एसयूभी ‘टाङ एल’ मोडल सार्वजनिक गर्ने भएको छ । कम्पनीले यसअघि पनि टाङ मोडल बिक्री गर्दै आएको थियो । यसअघि प्लगइन हाइब्रिड टेक्नोलोजीमा आधारित टाङ मोडल उपलब्ध थियो ।
६ दिनपछि जनवरी १७ तारिखमा बीवाइडीले आफ्नो फ्ल्यागशिप एसयूभी टाङ एल सार्वजनिक गर्ने तयारी गरेको हो । नयाँ टाङ ईभी र हाइब्रिड दुबै अप्सनमा उपलब्ध हुनेछ ।
बीवाइडीको इ-प्लेटफर्ममा आउने टाङ ईभी ५०४० एमएम लामो, १९९६ एमएम फराकिलो र १७६० एमएम अग्लो छ । यसमा २९५० एमएम लामो ह्वीलवेस दिइएको छ ।
कम्पनीले प्योर ईभी टाङ एल मोडलमा रहने ब्याट्री साइजको विषयमा कुनै जानकारी बाहिर ल्याएको छैन । तर, यसमा २३० किलोवाटको सिंगल मोटर र ५०० किलोवाटको ड्यूल मोटर सेटअप पाउन सकिन्छ । प्लगइन हाइब्रिड मोडलमा भने १.५ लिटर टर्बो इन्जिनसँग ४०० किलोवाटसम्मको मोटर रहनेछ ।
नयाँ टाङ एलमा पानारोमिक सनरुफ दिएको छ । अप्सनल रुपमा लगेज र्याक, २० वा २१ इन्चको ह्वील, रुफ लिडार पाउन सकिन्छ ।