बीवाइडीको कार निर्यातमा उछाल, यो वर्ष १० लाख नाघ्ने

काठमाडौं । चिनियाँ न्यू इनर्जी भेहिकल उत्पादक बीवाइडीको कार निर्यातमा उछाल आएको छ ।

गत वर्षको तुलनामा सन् २०२५ मा बीवाइडीको कार निर्यात अढाई गुणाले बढेर १० लाख युनिट नाघ्ने देखिएको हो ।

बीवाइडीले सन् २०२५ को ११ महिना (जनवरी-नोभेम्बर)मा कुल ९ लाख १२ हजार ९११ युनिट प्यासेन्जर भेहिकल निर्यात गरको छ । यो गत वर्ष सोही अवधिको तुलनामा १५३.५५ प्रतिशत धेरै हो ।

बीवाडीले २०२५ को नोभेम्बर महिनामा मात्रै १ लाख ३१ हजार ९३५ युनिट कार निर्यात गरेकोछ । यो संख्या अघिल्लो वर्षको सोही महिनाको तुलनामा ३२५.९१ प्रतिशत धेरै हो ।

बीवाइडीले निर्यात गरको कारहरूमा डल्फिन, एटो ३, सिल, शोङ प्लस डीएमआईको हिस्सा अत्याधिक रहेको छ । बीवाडीले धेरैवटा अन्तर्राष्ट्रिय बजारहरूमा बिक्रीमा लिड गरिरहेको छ ।

नोभेम्बरमा बीवाइडीले न्यू इनर्जी भेहिकल सेग्मेन्टमा ब्राजिल, टर्कि, इटाली, स्पेन, हंगेरी र कोस्टारिकामा अरु ब्राण्डलाई पछि पार्न सफल भएको छ । त्यस्तै बीवाइडीले सिंगापुरमा सबै ब्राण्डहरूभन्दा धेरै कार बिक्री गरको हो ।

बीवाइडीले पछिल्लो ११ महिनाको बिक्रीमा समेत ब्राजिल, टर्की, स्पेन र इटालीमा सबैभन्दा धेरै न्यू इनर्जी भेहिकल बिक्री गर्ने कम्पनी बन्न सफल भएको हो । उक्त अवधिमा सिंगापुर र हंङकङमा सबै भेहिकल ब्राण्डभन्दा धेरै कार बिक्री गरेको छ ।


Back_to_top