एक मिनेटमा कुन कम्पनीको कति यूनिट कार उत्पादन (तथ्यांक सहित)

काठमाडौं । मनीसेक नामक कम्पनीले अटोमोवाइल क्षेत्रमा अनुषन्धान गरेर नयाँ डाटा सार्वजनिक गरेको छ । कम्पनीले ल्याएको डाटामा कम्पनीहरुको प्रति मिनेट उत्पादन क्षमता र विक्री कस्तो छ भन्ने विषय समेटिएको छ ।

मनीसेकको डाटामा टोयोटाले औषतमा प्रति मिनेट विश्वभर रहेका आफ्ना प्लान्टबाट १९.९ यूनिट कार उत्पादन गर्छ । त्यसैगरि दोस्रो स्थानमा रहेको फक्सवागनले १९.८ यूनिट कार उत्पादन गर्ने दाबी गरिएको छ ।

तेस्रो स्थानमा रहेको हुन्डाईले १३.७ र चौथो स्थानमा रहेको जनरल मोटर्सले प्रति मिनेट १३ यूनिट तथा पाँचौ स्थानमा रहेको फोर्डले प्रति मिनेट १२.२ यूनिट कार उत्पादन गर्ने जनाएको छ ।

साथै, मनीसेकले प्रति मिनेट विक्रीबाट हुने आम्दानीमा पनि गाडी उत्पादकलाई वर्गिकृत गरेको छ । जस अनुसार टोयोटाले प्रतिमिनेट ५ लाख ३३ हजार ६७६ डलर, फक्सवागनले ५ लाख २३ हजार ५९२ डलर आम्दानी गर्ने गरेका छन् ।

तेस्रो स्थानमा डेम्लर परेको छ । उसको प्रति मिनेट आम्दानी ३ लाख ५९ हजार ९७० डलर, फोर्डको २ लाख ८५ हजार १९८ डलर र होन्डाको २ लाख ७० हजार ९२८ डलर आम्दानी रहेको दाबी रिपोर्टले गरेको छ ।

सर्भेले विद्युतीय गाडी उत्पादकले विद्युतीय सवारी उत्पादकको उत्पादन र विक्री क्षमतालाई पनि समेटेको छ ।

विद्युतीय कार उत्पादक टेस्ला प्रति घन्टा ४२ यूनिट कार विक्री गर्ने गरेको मनीसेकको रिपोर्टले दाबी गरेको छ । त्यसैगरि बिवाइडीले प्रति घन्टा २६ यूनिट, बिजेइभीले १८ यूनिट, बिएमडब्ल्यूले १५ यूनिट, निसानले १० यूनिट, फक्सवागनले ९ यूनिट, एसएआईसीले ९ यूनिट, जिलीले ९ यूनिट, हुन्डाईले ८ यूनिट र रेनोले ७ यूनिट कार विक्री गरिरहेको रिपोर्टमा उल्लेख छ ।


Back_to_top