ठूला अर्थतन्त्र भएका देशमा एक वर्षमा विक्यो ५ करोड ६० लाख कार, कुन देशमा कति

काठमाडौं । सन् २०२० मा विश्वका धेरै कार विक्री हुने देशहरुमा मात्रै ५ करोड ६० लाख ७०० यूनिट कार विक्री भएको छ । विशेषत यूरोप, चीन, अमेरिका, जापान, ब्राजिल, भारत, रसिया जस्ता देशमा कारको विक्री सन् २०१९ को तुलनामा २०२० मा कम भएको हो ।

यी देशमा सन् २०१९ मा ६ करोड ५५ लाख ४ हजार ३०० यूनिट कार विक्री भएको थियो । सन् २०२० मा पनि चीनमा सर्वाधिक कार विक्री भएको छ । चीनमा १ करोड ९७ लाख ९० हजार कार विक्री भएको तथ्यांक भिडिए रिसर्च एजेन्सीले प्रकाशन गरेको छ ।

सन् २०१९ मा भने चीनमा २ करोड १० लाख ४५ हजार यूनिट कार विक्री भएको थियो । सर्वाधिक कार विक्री हुने देशको दोस्रो स्थानमा अमेरिका रहेको छ । अमेरिकाभर २०२० मा १ करोड ४४ लाख यूनिट कार विक्री भएको हो । सन् २०१९ मा अमेरिकामा १ करोड ६९ लाख ६५ हजार २०० यूनिट कार विक्री भएको थियो ।

भिडिएका अनुसार सन् २०२० मा पुरा यूरोपमा १ करोड १९ लाख ६१ हजार २०० यूनिट कार विक्री भएको छ भने जापानमा ३८ लाख १० हजार, भारतमा २४ लाख ३५ हजार १००, ब्राजिलमा १९ लाख ५४ हजार ८०० र रसियामा १५ लाख ९८ हजार ८०० यूनिट कार विक्री भएको छ । यी सबै देशमा कार विक्री २०१९ को तुलनामा घटेको हो ।


Back_to_top