काठमाडौं । चिनियाँ ब्याट्री उत्पादक सीएटीएलले लाइट कमर्शियल सवारी साधनका लागि पहिलो पटक सोडियम-आयन ब्याट्री सार्वजनिक गरेको छ।
कम्पनीले बिहीबार एक कार्यक्रमका बीच ‘टेकट्रान्स आइआइ’ नामक नयाँ ब्याट्री सार्वजनिक गरेको हो । कम्पनीले यो ब्याट्री मुख्य रूपमा लाइट कमर्शियल सवारीसाधनका लागि तयार गरेको हो ।
कम्पनीका अनुसार यो लाइट कमर्शियल सवारीमा प्रयोग हुने पहिलो पटक ठूलो मात्रमा उत्पादन गरिएको सोडियम आयन ब्याट्री हो । जुन अत्यधिक चिसो ठाउँका लागि बनाइएको हो । कम्पनीले यो ब्याट्री यस वर्ष भित्रै व्यापक रूपमा प्रयोगमा ल्याउने लक्ष्य राखेको छ।
यस ब्याट्री प्याकको क्षमता ४५ किलोवाट आवर रहेको छ । यो साना भ्यान तथा ट्रकहरूका लागि उपयुक्त छ । यो ब्याट्री अत्यधिक चिसो मौसममा पनि चार्ज गर्न सकिन्छ । यसलाई माइनस ३० डिग्री सेल्सियस तापक्रममा प्लग लगाएर चार्ज गर्न मिल्छ भने माइनस४० डिग्रीमा करिब ९० प्रतिशत कार्यक्षमता राख्दछ ।
कम्पनीका अनुसार भविष्यमा सोडियम-आयन र लिथियम-आयन ब्याट्रीहरू सँगसँगै प्रयोग हुने छन्। कम्पनीले सोडियम ब्याट्री बाहेक टेकट्रान्स आइआइ शृंखलामा छिटो चार्ज हुने ब्याट्री पनि ल्याएको छ ।
यो ब्याट्रीले माइनस १५ डिग्री सेल्सियसमा ३० मिनेटमै २० प्रतिशतदेखि ८० प्रतिशतसम्म चार्ज हुन सक्छ। यसमा उच्च तापक्रममा पनि छिटो चार्ज भेरियन्ट पनि छ । जसले ४५ डिग्री सेल्सियसमा १८ मिनेटमै ६० प्रतिशतसम्म चार्ज हुने र लामो समयसम्म टिक्ने क्षमता राख्छ।
यस सिरिजमा लामो दूरीका लागि बनाइएको ब्याट्री पनि छ । जसको क्षमता २५३ किलोवाट आवरसम्म रहेको छ । यसले करिब ८०० किलोमिटर दूरी तय गर्न सक्छ ।
साथै सीएटीएलले स्वाप गर्न मिल्ने विन्निन क्षमताका ब्याट्री प्याकहरू पनि सार्वजनिक गरेको छ । जसमा ४२ किलोवाट आवर, ५६ किलोवाट आवरर ८१ किलोवाट आवरक्षमताका प्याकहरू छन् ।

