३ लाख १० हजारमै १५० सीसी डर्ट मोटरसाइकल

काठमाडौं । मोटरहेड एमएच १५० को अपग्रेडेड भर्सन नेपालमा विक्री सुरु भएको छ । कम्पनीले एमएच १५० को इन्जिन र अन्य प्राविधिक कुराहरु समेत अपग्रेड गरेर एमएच १५० आर सार्वजनिक गरेको हो ।

मोटरहेड मोटरसाइकलको नेपालका लागि आधिकारिक विक्रेता कम्पनी एसएलआर ट्रेड एण्ड टेक्नोले एमएच १५० आरको मूल्य ३ लाख १० हजार तोकेर

एमएच १५० आर मोटरसाइकलमा अपग्रेडड १५० सीसीको सिंगल सिलिन्डर इन्जिन दिइएको छ । यो इन्जिनले १४ बीएच पावर र १३ एनएम टर्क जेनेरेट गर्छ । त्यसैगरी ब्यालेन्स साफ्ट, इन्भर्टेड सक, डबल डिस्क ब्रेक, नयाँ डिजाइनको मफलर, टफ च्यासिस र सिंगल एक्सिस ब्यालेन्सर छ । बाइकमा नयाँ क्याची टाइपको ग्राफिक्स समेत उपलब्ध छ ।

डर्ट बाइकमा नयाँ अनुभव लिन चाहने ग्राहकलाई लक्ष्यित गरी यो बाइक बजारमा उपलब्ध गराएको कम्पनीको भनाइ छ ।

चाडपर्व अफरको रुपमा एसएलआर टेक्नो एन्ड ट्रेडले ‘४ को चमत्कार, बाइक पनि बचत पनि’ अफर सार्वजनिक गरेको छ । कम्पनीले मोटरहेड ब्रान्डका बाइक खरिद गर्ने ग्राहकहरुलाई स्क्रयाच कार्ड मार्फत ७ हजार ९ सय देखि १ लाख रुपैयाँ सम्म जित्न सकिने अफरको साथै वम्परमा १ जना भाग्यशाली विजेताले १ लाख जित्न सक्ने ल्याएको छ ।

कम्पनीको काठमाडौं उपत्यकामा मित्रपार्क, टेकु, वालाजु, धोविघाट र सल्लाघारी भक्तपुरमा शोरुम रहेको छ भने उपत्यका बाहिर विर्तामोड, इटहरी, हेटौंडा, मन्थली, कावासोती ,बुटवल, धादिङ, पोखरा, बाग्लुङ, दुलेगौडा र जुम्लामा डिलर स्थापना गरेर सेवा दिँदै आएको छ ।


Back_to_top