तयार भयो गियरबक्स भएको इलेक्ट्रीक मोटरसाइकल

काठमाडौं । भारतको अहमदावादमा रहेको स्टार्टअप कम्पनी मेटरले गियर भएको इलेक्ट्रीक मोटरसाइकल निर्माण गरेको छ । कम्पनीले यो मोटरसाइकल अफरोडमा पनि चलाउन उपयुक्त हुने डिजाइनमा निर्माण गरेको हो ।

कम्पनीले सार्वजनिक गरेको यो मोटरसाइकल छिट्टै नै बजारमा ल्याउने तयारी रहेको बताइएको छ । केही दिन भित्रै यसको बुकिङ खुल्ने जनाएको छ ।

कम्पनीले उत्पादन गरेको गियर भएको इलेक्ट्रीक मोटरसाइकलमा हाइ इनर्जी ५ किलोवाट लिक्विड कुल्ड ब्याट्री प्याक दिइएको छ । कम्पनीले भारतमा नै पहिलो पटक लिक्वीड कुल्ड टेक्नोलोेजी प्रयोग गरेको हो ।

कम्पनीका अनुसार मेटरले मोटरसाइकललाई हाइक्वालिटी र सुरक्षित बनाउनका लागि मेटर ड्राइभ १.० सिस्टमको विकास गरेको छ । यसमा कम्पनीले हाइपर सिफ्ट मेनुअल गियरबक्सको प्रयोग गरेको छ ।

यो मोटरसाइकलमा कम्पनीले पावरफुल १०.५ किलोवाट क्षमताको मोटर दिएको छ । योे मोटरसाइकलले फास्ट चार्च सर्पोट गर्ने कम्पनीले जनाएको छ ।

यो मोटरसाइकलमा बाइ फंगशनल एलइडी हेडल्याम्प, एलइडी टेलल्याम्प, मोवाइल चार्गिङ पोर्ट जस्ता फिचर पाउन सकिन्छ । यसमा फोरजी सर्पोट गर्ने कनेक्टिभिटी सिस्टम, ७ इन्च टच स्क्रीन, नेभिगशन, कल कन्ट्रोल, गियर इन्डिकेटर जस्ता एड्भान्स फिचर रहेको छ ।

यो मोटरसाइकलको दुबै ह्वीलमा डिस्क ब्रेकका साथै डबल च्यानल एबीएस उपलब्ध छ ।


Back_to_top