आईकार-०३ को रेन्ज ५०० किमी, थपियो फिचर

काठमाडौं । चिनियाँ अटोमोबाइल ब्राण्ड चेरीले आईकार-०३ ने बिक्री गर्न थालेको केही महिना मात्रै भएको छ । कम्पनीले चीनबाट आईकार-०३ को बिक्री सुरू गरेको हो ।

कम्पनीले आईकारलाई निकै प्रिमियम बनाउन त्यही अनुसारको फिचर दिएको छ । कम्पनीले यसमा ५०० किलोमिटर रेन्ज दिन सक्ने ६५.६९ किलोवाट आवरको लिथियम आयोन फस्फेट ब्याट्री प्याकको प्रयोग गरेको छ ।

चेरीले उक्त एसयूभीलाई ड्युल मोटर सेटअपमा ल्याएको छ । फोर ह्वील ड्राइभ सिस्टममा उपलब्ध हुने भएको कारण आईकार-०३ ले कठिन भू-भागमा पनि राम्रो प्रदर्शन गर्न सक्ने बताइन्छ । यसको पावर पनि निकै उत्कृष्ट छ । यसमा २०५ किलोवाट क्षमताको इलेक्ट्रीक मोटर प्रयोग भएको छ ।

आईकार-०३ को टप स्पीड क्षमता १५० किलोमिटर प्रतिघण्टा रहेको छ । यसले शून्यदेखि १०० किलोमिटर प्रतिघण्टाको स्पीड केबल ६.५ सेकेण्डमा भेट्टाउने छ । यसको ब्याट्रीलाई डीसी फास्ट चार्जरको सहयोगमा ३० देखि ८० प्रतिशत चार्ज गर्न ३० मिनेट लाग्नेछ ।

६४ कलरमा छनोट गर्न मिल्ने एम्बियन्ट लाइट, इन्फिनिटीको अडियो सिस्टम, हिटेड सिट, हिटेड स्टेरिङ ह्वील जस्ता फिचर यसमा छन् । कम्पनीले यसमा १५.६ इन्च ठूलो इन्फोटेन्टमेन्ट सिस्टम र ९.२ इन्चको एलसीडी इन्ट्रुमेन्ट क्लष्टर दिएको छ ।

गाडीलाई फिचर लोडेड बनाउन थुप्रै फिचर थपिएको छ । यसमा क्वालकमको स्न्यापड्रागन ८१५५ चिपको प्रयोग भएको छ । कम्पनीले प्रयोग गरेको इन्ट्रीग्रेटेड लेभल २ एड्भान्स ड्राइभिङ एसिस्टेन्स सिस्टमको सहायताले हाइ स्पीड इन्भाइरोमेन्ट, अटोनोमश पार्किङ र मेमोरी पार्किङलाई सहयोग गर्छ ।

यसका अलावा लेभल २ अटोनोमाश ड्राइभिङ सिस्टममा क्रुज कन्ट्रोल, फ्रन्ट कोलिजन वार्निङ, लेन डिपार्चर वार्निङ, लेन चेन्ज एसिस्ट, ब्लाइन्ड स्पोट मोनिटरिङ सिस्टम लगायत दर्जनौं फिचरहरू यसमा पाउन सकिन्छ ।


Back_to_top