क्र्यास टेष्टमा पन्च ईभीले पायो ५ स्टार रेटिङ, चाँडै नेपाल आउने

काठमाडौं । सुरक्षीत गाडी उत्पादनमा निकै सिरियस देखिएको भारतीय ब्राण्ड टाटाको इलेक्ट्रीक मोडल पन्चले क्र्यास टेष्टमा ५ स्टार रेटिङ पाएको हो । कम्पनीको सर्वाधिक सफल मोडल पन्चको पेट्रोलियम पदार्थबाट चल्ने मोडलले पनि ५ स्टार रेटिङ पाएको थियो ।

सिप्रदी ट्रेडिङले नेपाल ल्याउन निकै तिब्रताका साथ काम गरिरहेको पन्च ईभी माइक्रो एसयूभी सेग्मेन्टमा उपलब्ध कार हो । कम्प्याक्ट साइज र स्टाइलिस डिजाइनको कारण यसले भारतीय उपभोक्ताको मन जित्दै आएको छ ।

टाटा पन्च ईभीले भारत एनक्याप क्रयास टेस्टमा ५ स्टारको रेटिङ पाएको छ । एडल्ट तथा चाइल्ड अकुपेन्ट प्रोटेक्सनमा नै ५ स्टार रेटिङ प्राप्त गर्न सफल भएको हो । अप्रिलमा भएको टेस्टको रिजल्ट अनुसार पन्च इभीका सबै भेरियन्ट सुरक्षामा अब्बल देखिएका हुन् ।

पन्च ईभीले भारत एनक्यावमा अहिलेसम्म भएको टेस्टमा सबैभन्दा धेरै स्कोर पाएकोे देखिन्छ । यसले एडल्ट अकुपेन्टमा ३२ मा ३१.४६ र चाइल्ड अकुपेन्ट प्रोटेक्सन टेस्टमा अधिकतम ४९ मा ४५ को स्कोर पाएको हो ।

कम्पनीको सबैभन्दा सानो इलेक्ट्रीक एसयूभीको सबै भेरियन्टमा ६ वटा एयरव्याग, एबीएस, इएससी, सबै सिटमा थ्री पोइन्ट सिटबेल्ट, आइएसओफिक्स माउण्ट जस्ता फिचर स्ट्याण्डड रुपमा उपलब्ध छ ।

टाटा पन्चलाई कम्पनीले दुई ब्याट्री अप्सनमा ल्याएको छ । जसमा २५ किलोवाट आवर र ३५ किलोवाट आवरको ब्याट्री प्याक पाउन सकिन्छ । कम्पनीले दाबी गरे अनुसार यी दुई फरक ब्याट्रीले ३१५ किलोमिटरदेखि ४२१ किलोमिटर रेन्ज दिने दाबी गरेको छ ।

पन्च ईभीको स्ट्याण्डर्ड भेरियन्टमा ६० किलोवाटको मोटर दिइएको छ । यसले ८२ हर्स पावर र ११४ न्युटन मिटर टर्क जेनेरेट गर्दछ । त्यस्तै, लङ रेन्ज भेरियन्टमा ९० किलोवाटको इलेक्ट्रीक मोटर दिइएको छ । यसले १२२ हर्स पावर र १९० न्युटन मिटर टर्क जेनेरेट गर्दछ ।

स्मार्ट, स्मार्ट प्लस, एड्भेन्चर, इम्पावर्ड, इम्पावर्ड प्लस गरी पाँच भेरियन्टमा लन्च भएको पन्च ईभी ६ फरक कलर अप्सनमा उपलब्ध छ ।

पन्च ईभीमा १०.२४ इन्चको फुल डिजिटल इन्ट्रुमेन्ट क्लष्टर, क्लोज फ्रन्ट ग्रिल, १०.२४ इन्चकै टचस्क्रीन इन्फोटेन्टमेन्ट सिस्टम, इलेक्ट्रोनिक्स पार्किङ ब्रेक र ३६० डिग्री क्यामेरा दिइएको छ । यी फिचर पन्च पेट्रोलमा पाइँदैन ।

त्यसैगरी, पन्च ईभीलाई प्रिमियम बनाउन कम्पनीले लेदररेटेड भेन्टिलेटेड सिट, ६ वटा एयरब्याग, कनेक्टेड डे टाइम रनिङ लाइट, ब्लाइन्ड स्पट भ्यू मिरर, एयर प्युरिफायर जस्ता फिचर दिएको छ ।


Back_to_top