काठमाडौं । टाटाको नेक्सन ईभीले पनि भारत एनक्याप क्र्याष्ट टेष्टमा ५ स्टार रेटिङ पाउन सफल भएको छ । कम्पनीको नेक्सन र पन्च दुबै ईभीले ५ स्टार रेटिङ पाउन सफल भएको हो ।
सन् २०२१ देखि २०२३ सम्म नेपाली बजारमा निकै सफल नेक्सनको फेसलिफ्ट मोडलको क्र्यास टेष्ट परीक्षण भएको हो । नेक्सन फेसलिफ्टको क्र्यास टेष्ट रिपोर्ट अनुसार एडल्ट प्यासेन्जर सुरक्षामा ३२ मध्ये २९.८६ प्रतिशत अंक पाउन सफल भएको हो ।
त्यसैगरी चाइल्ड प्यासेन्जर सुरक्षामा पनि नेक्सनले ५ स्टार रेटिङ प्राप्त गर्न सफल भएको छ । कम्पनीको नयाँ मोडलले चाइल्ड प्यासेन्जर सुरक्षामा ४९ अंकमा ४४.५ अंक प्राप्त गरेको भारत एनक्यावले उल्लेख गरेको छ ।
टाटा नेक्सन फेसलिफ्टमा ६ वटा एयरब्याग सबै भेरियन्टमा पाउन सकिन्छ । नेक्सन ईभी फेसलिफ्ट पनि चाँडै नेपाली बजारमा आउने क्रममा रहेको मोडल हो ।