डर्ट सेग्मेन्टमा थपियो नयाँ ब्राण्ड, २५० सीसीको डर्ट बाइक ४ लाखमै किन्न सकिने

काठमाडौं । चिनियाँ ब्राण्डको नयाँ मोटरसाइकल नेपाल भित्रिएको छ । जुमाभ ब्रान्डको तीन मोडलका पेट्रोल मोटरसाइकल नेपाल भित्रिएका हुन् ।

जुमाभ ब्राण्ड नेपाल भित्र्याउने कम्पनी लाइटनिङ मोटर्सले आज मूल्यसूची प्रकाशित गर्दै मोटरसाइकल नेपाल आउने खुलासा गरेको हो ।

कम्पनीले नेपाल ल्याउने तीनै मोडल डर्ट मोटरसाइकल रहेको छन् । कम्पनीले नेपाल भित्र्याएको २५० सीसीका डर्ट मोटरसाइकलको मूल्य ४ लाखदेखि ९ लाख २५ हजार रुपैयाँसम्म मूल्यका छन् ।

कम्पनीले जारी गरेको मूल्यसूचीका अुनसार जुमाभ के ५ को मूल्य ४ लाख एस ८को मूल्य ९ लाख २५ हजार र के ७ को मूल्य ८ लाख ५० हजार रुपैयाँ तोकिएको छ ।

यो मोटरसाइकल हेर्दा क्रसफायर तथा सिएक्स मोटोरसाइकल जस्तै देखिन्छ । जुमाभ मोटरसाइकलले यी दुबै ब्राण्डका मोटरसाइकहरुसँग प्रतिस्पर्धा गर्नेछ ।

नेपाली बजारमा उपलब्ध क्रसफायरका मोटरसाइकल ३ लाख ७५ हजारदेखि ८ लाख रुपैयाँसम्मका छन् ।


Back_to_top