नेपालमा २३ लाख ५० हजारमा बिक्री हुँदै आएको मोटरसाइकल भारतमा परीक्षण सुरू

काठमाडौं । नेपालमा विगत लामो समयदेखि बिक्री हुँदै आएको होन्डाको सीआरएफ मोडल भारतमा परिक्षण सुरु भएको छ । होन्डा सीआरएफ एक प्रिमियम मोटरसाइकल हो ।

होन्डा मोटरसाइकलको लागि नेपालको आधिकारिक बिक्रेता कम्पनी स्याकार ट्रेडिङले होन्डा सीआरएफ ३०० को दुई भेरियन्ट बिक्री गदै आएको छ । कम्पनीले विग बाइक सेग्मेन्टमा होन्डा सीआरएफ ३०० एल र सीआरएफ ३०० र्‍याली उपलब्ध गारउँदै आएको हो ।

अफरोड तथा लामो यात्रा गर्नेका लागि उपयुक्त हुने सीआरएफ ३०० एलको मूल्य २० लाख ७५ हजार रुपैयाँ रहेको छ भने सीआरएफ ३०० र्‍यालीको मूल्य २३ लाख ५० हजार रुपैयाँ रहेको छ ।

होन्डा सीआरएफमा भएको २८६ सीसी इन्जिनले २७.३ पीएस पावर र २६.६ एनएम टर्क प्रदान गर्ने छ । ६ स्पीडको गियरबक्स जडान भएको नयाँ मोटरसाइकलमा सिल्पर क्लचको प्रयोग भएको छ ।

दुबै मोडलमा अगाडि २१ इन्च र पछाडि १८ इन्चको स्पोक ह्वील दिइएको छ । दुबैमा दिइएको टायर अफरोडको लागि उपयुक्त छ । दुबै मोटरसाइकलमा डबल डिस्क ब्रेक दिइएको छ भने, डबल च्यानल एबीएस उपलब्ध रहेको छ ।

सीआरएफ ३०० एलमा ८ लिटरको फ्यूल ट्याङ्क दिइएको छ भने, र्‍याली मोडलमा भने ठूलो १२.८ लिटर क्षमताको फ्यूल ट्याङ्क दिइएको छ । दुबै मोटरसाइकलमा एलसीडी इन्ट्रुमेन्ट क्लष्टर उपलब्ध रहेको छ ।


Back_to_top