कारको पावर हाउस मानिने जर्मनीमा चिनियाँ ब्राण्ड चम्कदै

काठमाडौं । प्रिमियम र लग्जरीदेखि मास-मार्केट कार उत्पादनमा विश्वकै अग्रणी मध्येको एक देश जर्मनी हो । जर्मनीको अटोमोवाइल क्षेत्रमा फक्सवागेन ग्रुपदेखि, बीएमडब्लू, मर्सिडिज जस्ता ब्राण्डले प्रतिनिधित्व गर्छ ।

खासगरी बलिया, लग्जरी र मूल्यवान कारको बजार भनेर चिनिनने जर्मनीमा चिनियाँ कारहरुको प्रभुत्व बढ्दै गएकको बिक्री तथ्यांकले देखाउँछ । उसोत जर्मनी विश्वको कहिले चौथो र कहिले पाँचौ ठूलो कार बजार मानिन्छ ।

सन् २०२५ सेप्टेम्बर महिनाको बिक्री तथ्यांक सार्वजनिक भएसँगै चिनियाँ कारले जर्मनीको बजारमा कसरी प्रभाव जमाइरहेका छन् भन्ने देखाएको हो । सार्वजनिक भएको डाटा अनुसार बीवाइडीले आफ्नो बिक्री तिब्र गतिमा विस्तार गरेको देखिन्छ ।

चिनियाँ न्यू इनर्जी भेहिकल जाइन्ट बीवाइडीले सेप्टेम्बर महिनामा ३ हजार २५५ युनिट ईभी बिक्री गरेको हो । दोस्रो स्थानमा रहेको एमजीले २ हजार ६१५ युनिट बिक्री गर्न सफल भएको छ ।

जर्मनीको बजारमा तेस्रो स्थान लीपमोटरले लिएको छ । लीपमोटरले ९१० युनिट विद्युतीय साधन बिक्री गर्दा स्मार्ट ब्राण्डका ४५० युनिट कार बिक्री भएका छन् । स्मार्टमा जर्मन ब्राण्ड मर्सिडिजको पनि लगानी रहेको छ ।

पोलास्टरले सेप्टेम्बरमा ३४८ युनिट चीनमा बनेका ईभी बिक्री गर्दा एक्सपेङले २४१ युनिट कार बिक्री गरेको छ । एक्सपेङमा अर्को जर्मन ब्राण्ड फक्सवागेन रणनीतिक साझेदारको रुपमा रहेको छ ।

यी बाहेक अन्य चिनियाँ ब्राण्डहरु ग्रेटवाल मोटर्सले ६९ युनिट, लिंक एण्ड कोले ४५ युनिट, नियोले २० युनिट, लोटसले १३ युनिट र मेक्ससले २ युनिट कार बिक्री गरेका छन् ।


Back_to_top