लकडाउनको मोडालिटी परिवर्तन, आजबाट खुल्दै व्यवसाय

काठमाडौं । सरकारले कलडाउनको मोडालिटी परिमार्जन गरेको छ । हिजो बसेको मन्त्री परिषदको बैंठकले चरणवद्ध रुपमा लकडाउन खोल्दै जाने निर्णय गरेको हो । तर, निर्णयको आधिकारीक विवरण भने बाहिर आएको छैन । नयाँ मोडालिटी आज बिहिबारबाट लागु हुने छ ।
सरकारले आजबाट सबै स्वास्थ्य सेवा प्रदान गर्ने निजी क्लिनिक, औषधी, फलफुल, पेयपदार्थ र खाद्य सामाग्री बिक्री वितरण गर्ने सबै किसिमका पसलहरु संचालनमा ल्याउने भएको छ ।

सबै किसिमका उत्पादन मुलक उद्योग, कृषि फर्म, बिउवीजन, रासायनिक मल बिक्री केन्द्र, शीतभण्डार, विकास आयोजना, प्याकिङ गर्नेगरि रेष्टुरेन्ट, बिजुलीका सामान बिक्री गर्ने पसल, पुस्तक पसल, सवारीसाधनको वर्कसप, अत्यावश्यक सेवाका सबै कार्यालयहरु खुल्ला रहने छन् ।

पहिलो चरण २१ दिनसम्म कायम रहने छन भने अबको १५ दिनपछि सरकारले दोस्रो चरण कार्यान्वयनमा ल्याउने छ । बिभिन्न चरणमा लकडाउन पूर्णरुपमा खोल्ने सरकारको तयारी रहेको छ ।


Back_to_top