लकडाउनमा बस्दा यसरी गर्नुस् कार वा मोटरसाइकल सिक्ने तयारी

काठमाडौं । कोरोना (कोभिड १९) भाइरसको कारण तपाई घरमा बसिरहनु भएको छ । लकडाउनको समयावधी थप भइरहेकाे छ । यस्तोमा लकडाउन सकिएपछि तपाई कार वा मोटरसाइकलको लाइसेन्स लिने वा यी साधन चलाउन सिक्ने तयारीमा हुनुहुन्छ भने तयारी शोरुप हामी केही टिप्स दिदैछौं ।

अहिले सवारी चालक अनुमति पत्र रोजगारी पाउन अनिर्वाय जस्तै भइसकेको छ । सामान्य भन्दा सामान्य कार्यालयले पनि कर्मचारी माग गर्दा उसको योग्यतामा मोटरसाइकल वा गाडी चलाउन जानेको भन्ने सर्त राख्न थालिसकेका छन् । यस्तो अवस्थामा तपाईले सवारीसाधन चलाउन सिक्नु पर्छ वा सिक्छु भन्ने सोच बनाउनु भएको छ भने केही कुरा ध्यान दिन जरुरी छ ।

सवारीसाधन सम्बन्धी समान्य जानकारी पनि नराखी तपाई सिक्न जानुभयो भने तपाईको समय सामान्य जानकारी लिनमा धेरै खर्च हुन्छ र तपाईले प्रयोगात्मक कक्षा धेरै लिन पाउनु हुन्न । त्यसैले केही कुरा सिकेर जाँदा राम्रो हुन्छ ।

पहिला जान्नु पर्ने कुरा

कार वा मोटरसाइकल चलाउन सिक्न ड्राइभिङ स्कुलमा जानुभन्दा पहिला सावरीसाधनको पूरा जानकारी राख्न जरुरी हुन्छ ।

एक्सिलेटर, ब्रेक, क्लच, स्टेयरिंग, गियर, लाइट, पावरजस्ता बिषयमा घरमै लकडाउनको समय सदुपयोग गरेर जानकारी लिन सकिन्छ । जसले कार वा मोटरसाइकल चलाउन सिक्न जाँदा तपाईलाई सहज हुने छ । नत्र यही विषयको जानकारी दिन प्रशिक्षकले तपाईको धेरै समय यसमा लिने छन् ।

सिटको बसाई

कार वा मोटरसाइकल चलाउन सिक्न सुरु गर्नु पहिले कसरी ड्राइभिङ सिटमा बसिन्छ भन्ने बुझ्नु पर्ने हुन्छ । कारको हकमा आफ्नो उचाइ र शारिरिक साइज अनुसार सिटलाई मिलाउन सिक्नु पर्छ । कारमा बस्दा सजिलै खुट्टा ब्रेक, क्लच र एक्सेलेरेटरमा पुग्नु पर्ने हुन्छ । यसलाई हामी ड्राइभिङ सेन्टरमा जानुभन्दा पहिल्यै सिक्न सक्छौं ।

ध्यान एकत्रित गर्ने

सवारी साधन चलाउँदा कसरी ध्यान एकत्रित गर्ने, लुकिङ ग्लास कहाँबाट कसरी मिलाउने जस्ता विषय हामी इन्टरनेटको माध्यमबाट घरमै बसेर ज्ञान हासिल गर्न सक्छौ ।

उचित दुरी

तपाईले कार वा मोटरसाइकल सिक्दैगर्दा अगाडि र पछाडि अरु पनि सिकारु हुन सक्छ त्यसैले कति दुरी कायम राख्दा सुरक्षीत हुन सकिन्छ भन्ने विषयमा जानकार भएर जानु फाइदा हुनछ ।

प्रशिक्षक चयन

कार वा मोटरसाइकल चलाउन सिक्नका लागि प्रशिक्षकको प्रमुख भूमिका रहने गर्छ । त्यसैले प्रशिक्षक चयनगर्दा बिशेष ध्यान पुर्याउनु पर्ने हुन्छ । त्यसैले लकडाउनमा बस्दा ड्राइभिङ सेन्टरहरुको बारेमा जानकारी लिएर राम्रो प्रशिक्षक छनोट गर्न सकिन्छ ।

ट्राफिक नियम र लिखित परिक्षामा सोध्ने प्रश्न

लाइसेन्सको लागि ट्रायलभन्दा पहिला लिखित परिक्षा दिनु पर्ने हुन्छ । त्यसैले यस्तो परिक्षको तयारी घरमै बसेर गर्न सकिन्छ । ट्राफिक संकेत र बारम्बार सोधिने प्रश्नको संगालोको किताव र एप दुबै पाउन सकिन्छ । त्यसैले लकडाउनमा बस्दा तपाईले आफ्नो लाइसेन्सको लागि तयारी गर्न धेरै समय पाउनु भएको छ । यसलाई सदुपयोग गर्नुस् ।


Back_to_top