काठमाडौं । सरकारले लकडाउन खुकुलो बनाउँदै जोरबिजोर नम्बरका आधारमा निजी सवारी साधन चलाउन दिने निर्णय गरेको छ ।
बुधबार राति सम्पन्न मन्त्रिपरिषद् बैठकले मोटरसाइकलसहित निजी सवारी साधन चल्ने दिने निर्णय गरेको हो ।
अन्तिम नम्बर जोर भएका सवारी साधन जोर गते र र विजोर भएका सवारी साधन विजोर गते चलाउन दिने निर्णय गरेको हो । तर, सार्वजनिक यातायात भने तत्काल सञ्चालन गर्न नदिइने बताइएको छ ।


