क्रसफायरको नयाँ वर्ष अफर: सबैभन्दा धेरै एक्सचेन्ज बोनस

काठमाडौं । क्रसफायर मोटरसाइकलको नेपालका लागि आधिकारिक विक्रेता क्लासिक ह्वील इम्पोर्ट एन्ड एक्सपोर्टले बजारमा चलेभन्दा धेरै एक्सचेन्ज बोनस दिने भएको छ । कम्पनीले पुराना मोटरसाइकलसँग क्रसफायर मोटरसाइकल एक्सचेन्ज गर्दा २० हजार थप मूल्याङक दिने भएको हो ।

नयाँ वर्षको एक्सचेन्ज अफर सार्वजनिक गर्दै कम्पनीले अहिले बजारमा चलेको थप १५ हजारसम्मको मूल्याङ्कनलाई २० हजार दिने भएको छ । कम्पनीले नगद छुट, बुकिङ बोनस अफर ग्राहकलाई गरेको छ ।

कम्पनीले सार्वजनिक गरेको स्कीम अनुसार क्रस फायर मोटरसाइकल तथा इटालिका स्कुटर नगदमा खरिद गर्दा ग्राहकले नगद १० हजार छुट पाउने छन् । त्यसैगरि यी स्कुटर तथा मोटरसाइकल फाइनान्समा समेत उपलब्ध रहेको कम्पनीले जानकारी दिएको छ ।

भोलिदेखि लागु हुने यो स्कीममा क्रसफायर मोटरसाइकल बुकिङ गर्दा ५ हजार रुपैयाँ छुट प्राप्त गर्नेछन् भने उपलब्ध हरेक स्कुटर तथा मोटरसाइकलको खरिदमा कम्पनीले हेल्मेट निःशुल्क प्रदान गर्नेछ । यो योजना बैशाख ३ गतेसम्म चल्ने कम्पनीले जनाएको छ ।


Back_to_top