केटीएम २५० एड्भेञ्चर कम व्याजदरमै किन्न सकिने, यस्तो छ मासिक किस्ता

काठमाडौं । केटीएमको नयाँ २५० एड्भेञ्चर मोटरसाइकल किन्ने ग्राहकले ४.९९ प्रतिशत व्याजदरमा कर्जा सुविधा पाउने भएका छन् । केटीएमको आधिकारीक वितरक हंशराज हुलासचन्द एण्ड कम्पनी प्रालिले कम व्याजदरमा कर्जा दिन लागेको हो ।

विशेषत लामो यात्रा गर्ने राइडर लक्षित केटीएम २५० एड्भेञ्चर किन्ने ग्राहकले ५० प्रतिशत रकम डाउन पेमेन्ट वापत तिर्नु पर्ने हुन्छ भने वाँकी रकम कर्जा सुविधा लिन सक्ने छन् ।

कम्पनीले २५० एड्भेञ्चरको मूल्य ७ लाख ४९ हजार ९०० रुपैयाँ तोकेर विक्री गर्दै आएको छ । ग्राहकले यो मोटरसाइकल ४.९९ प्रतिशत व्याजदरमा खरिद गर्न ३ लाख ७४ हजार ९५० रुपैयाँ डाउन पेमेन्ट गर्नु पर्छ भने त्यति नै रकम कर्जा लिनु पर्ने छ । यसरी लिएको कर्जालाई २४ किस्तामा तिर्दा प्रति महिना १६ हजार ४४८ रुपैयाँ तिर्नु पर्ने हुन्छ ।

पुरै किस्ता विवरण हेर्न यहाँ क्लिक गर्नुहोस् ।

यस्तो छ २५० एड्भेञ्चर

केटीएमको इन्ट्री लेवल एड्भेञ्चर मोटरसाइकलको रुपमा रहेको छ । यसमा २४९ सीसी सिगंल सिलिन्डर, लिक्वीड कुल्ड इन्जिन रहेको छ । यो इन्जिनले ९००० आरपीएममा २९.६ पीएस पावर तथा ७००० हजार आरपीएममा २४ एनएम टर्क जनेरेट गर्छ । यसमा ६ स्पीडको गियरबक्स जडान गरिएको छ ।

केटीएमले यसलाई ३९० एड्भेञ्चरबाट प्रेरित डिजाइनमा निर्माण गरेको छ । केटीएम २५० मा ३९० एड्भेन्चरबाट स्टील ट्रेल फ्रेम, ४३ एमएम डब्ल्यूपी एपेक्स इन्र्भटेड सस्पेन्सन, मोनोशक, ३२० एमएम फ्रन्ट र २३० एमएम रियर डिस्क, ह्वील, फ्यूल ट्याङक, अफरोड एबीएस जस्ता फिचर ३९० एड्भेन्चबाट लिएको छ ।


Back_to_top