‘कि-वे’ ब्राण्डका दुई मोटरसाइकल आज नेपालमा सार्वजनिक हुँदै, यस्तो छ मूल्य

काठमाडौं । ‘कि वे’ ब्राण्डका मोटरसाइल नेपाल भित्रिएको छ । कि वे इटालियन मोटरसाइकल ब्रान्ड बेनेलीको सिस्टर कम्पनी हो । यसलाई बेनेलीको आधिकारिक वितरक केटीएम इन्टरनेशनलले नै नेपालमा आजबाट आधिकारिक विक्री सुरु गर्ने भएको हो ।

कम्पनीले कि वेका दुई मोडल आफ्नो शोरुममा राखेको छ । सुरुमा कि वेका स्ट्रीट र क्रुजर मोडल नेपाल आएको हो । केटीएम इन्टरनेशनलले के लाइट २०० स्ट्रीट मोडल र पेटागोनियन इगल २५० क्रुजर मोडलको विक्री सुरु गर्दैछ ।

के लाइट २०० मा १९७ सीसी सिंगल सिलिन्डर, एयररलिक्वीड कुल्ड, फोर स्ट्रोक इन्जिन रहेको छ । यो इन्जिनले १२.७ बीएच पावर तथा १३.९ एनएम टर्क जेनेरेट गर्छ । यसमा ५ स्पीडको गियरबक्स जडान गरिएको छ ।

त्यसैगरि अर्को मोटरसाइकल पाटागोनियन २५०मा २४९ सीसी डबल सिलिन्डर फोर स्ट्रोक, आयल कुल्ड, फोर भल्भ इन्जिन रहेको छ । यो इन्जिनले १७.४ हर्स पावर जेनेरेट गर्छ । यसमा समेत ५ स्पीडको गियरबक्स जडान गरिएको छ ।

कम्पनी स्रोतका अनुसार क्रुजर २५० को मूल्य ४ लाख ५४ हजार र स्ट्रीट २०० को मूल्य ४ लाख ७ हजार रुपैयाँ रहेको मेरोअटोलाई जानकारी दिएको छ ।

कम्पनीले यसको विक्री बेनेलीको आधिकारिक सोरुमबाट नै गर्नेसमेत जनाएको छ ।


Back_to_top